बिहीबार, पुष १७, २०८२

टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्ने २ युवक पक्राउ

मेरोन्यूज २०८१ भदौ ११ गते १९:३९

काठमाडौं । गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी गर्ने दुई युवक पक्राउ परेका छन्।

साेमबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत उपस्थित कार्यक्रममा युवाहरूले चर्को नाराबाजी गरेका थिए।

पक्राउ परेकाहरुमाथि अनुसन्धान थालिएको छ । साथै प्राप्त फोटो र भिडिओका आधारमा केहीलाई निगरानीमा राखिएकोसमेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया