एकीकृत समाजवादीका निर्वाचित ८४ जना पोलिटब्युरो सदस्य (मत परिणामसहित)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले निर्वाचनमार्फत ८४ जना पोलिटब्युरो सदस्य छानेको छ । सहमति हुन नसकेपछि निर्वाचनमार्फत पदाधिकारी र पोलिटब्युरो सदस्य छानेको हो ।
वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध भएका थिए । पार्टीको पदाधिकारी चयनको नतिजा भने बुधबार नै आएको थियो । जसअनुसार महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । उनले रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् ।
उपाध्यक्ष (मधेसी समुदाय)पदमा धर्मनाथप्रसाद साह निर्वाचित भएका छन् । खुला उपाध्यक्ष पदमा डा.गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका थिए ।
यस्तै, उपमहासचिव मेटमणि चौधरी, पदमारामकुमार भट्टराई, गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । सचिव(दलित समुदाय)पदमा गणेशबहादुर विश्वकर्मा, सचिव (आदिवासी जनजाति) पदमा बलदेव चौधरी, सचिव खुलामा श्रनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, सावित्राकुमारी भुसाल विजयी भएका छन् ।
दशौँ महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए ।


















पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया