योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गरेका छन्। जीवन विज्ञान संस्थाद्वारा सङ्घीय सांसदहरूका लागि आज यहाँ आयोजित स्वजागरण कार्यक्रममा उनले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुुग्छ भने।
प्रधानमन्त्री ओलीले अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गरे । “म हिंसा गर्दिनँ, म असत्य बोल्दिनँ, म अरुको अधिकार र सम्पत्तिमा लोभ गर्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ हामीले काम गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “हामीले अराजकता र अशिष्टता होइन, हजारौँ वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट सुरु गरेका योगलाई विस्तार गर्नुपर्छ।
योग र ध्यानले मुटु र मस्तिष्कलाई स्वस्थ्य राख्छ । त्यसैले योगलाई विशेष महत्व दिनुपर्छ ।” कार्यक्रममा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न पार्टीका नेताहरू, सांसदहरूको सहभागिता थियो । सहभागीलाई रमेश नेपालले योगाभ्यास गराएका थिए ।
















आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
लुम्बिनी प्रदेश सभाकी सांसद शर्मा मध्यराति काठमाडौंबाट पक्राउ
आज सोमबार यी राशिहरूलाई मिल्न सक्छ लाभ ? हेर्नुहोस् राशिफल
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया