सचिव ज्ञवालीको राजिनामा आक्रोसमा कि सहमतिमा ?

काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गरेको छ ।
सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेर वरियतामा एक नम्बरमा रहेका ज्ञवालीले मख्यसचिव नियुक्तको निर्णय गर्नुअघिनै राजिनामा दिनुले उनको राजिनामाबारे प्रश्न उब्जेको छ ।
प्रशासनक्षेत्रका जानकार एक पूर्वसचिवका अनुसार अर्को व्यक्ति मुख्यसचिव नियुक्त हुन्छ भनी अघिनै राजिनामा दिने सम्भावना कम रहन्छ ।
उनका अनुसार सम्भवतः ज्ञवालीलाई अहिले मुख्यसचिवको दौड छोड्न लगाएर कुनै आयोगमा नियुक्तिको अफर गरिएको हुनसक्छ । ज्ञवाली आगामी २२ भदौमा अवकाशमा जाँदै थिए । तर, सरकारले मुख्य सचिव बनाउने सम्भावितको सूचीमा उनी पहिलो दावेदार थिए ।
राष्ट्रिय योजना आयोगका सचिव ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो र गृहमन्त्रालयका सचिव एकनारायण अर्याल चौथो वरियतामा रहेका थिए ।
यसरी पहिलो वरियतामा रहेका ज्ञवालीले राजिनामा दिएसँगै अर्याल वरिष्ठ तीन सचिव भित्र पर्दै मुख्यसचिव बन्ने बाटो खुलेको थियो ।अर्याललाई वरिष्ठ तीन सचिवभित्र पर्ने बाटो खोल्न राजिनामा दिएर सहयोग गरेबापत ज्ञवालीलाई केही दिनमै आयोग वा अन्य केही नियुक्ति दिने सम्भावना रहेको सार्वजनिक प्रशासन क्षेत्रमा चर्चा छ ।ज्ञवालीलाई मुख्यसचिव बनाउन एमाले उपमहासचिव प्रदिप ज्ञवालीलगायतका नेताले लविङ गरेपनि असफल भएका थिए ।

















UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया