पाँचथर विस्फोटकप्रति मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण

काठमाडौं । दुई बालबालिकाको ज्यान जाने गरी पाँचथरको फालेलुङ्ग गाउँपालिका– ५ डाँडागाउँस्थित आइतराज केरुङको घरमा भएको विस्फोटकप्रति राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विष्फोटमा ११ वर्षीय दिप्सन साँवा र दुई वर्षीया प्रिन्सा साँवाको मृत्यु भएको थियो। विष्फोटमा १० वर्षीय पवन राई र ७ वर्षीय दिपशन राई घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको छ।
आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै बालबालिकाको ज्यान जाने गरी भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
घटनाको कोशी प्रदेश कार्यालयमार्फत अनुगमन गरिरहेको उल्लेख गर्दै आयोगले घाइतेको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन, घाइते तथा मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई भनेको छ।
जथाभाबी छोडिएका यस्ता विस्फोटक पदार्थहरू निष्क्रिय पारी पुनः यस प्रकारका घटना दोहोरिन नदिन आयोगले सरकारलाई निर्देशन दिएको छ। उक्त विष्फोटक पदार्थ द्वन्द्वकालमा जथाभावी छाडिएका विष्फोटक पदार्थ हुन सक्ने आयोगले उल्लेख गरेको छ ।

















प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया