कास्य पदक विजेता पलेशालाई राष्ट्रपतिको बधाई

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई बधाई दिनुभएको छ । उनले समाजिक सञ्जालमार्फत ऐतिहासिक कास्य पदक विजेता गोवर्धनलाई बधाई दिएका हुन् ।
उनले भनेका छन्, “फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्शाउनुभएकी पलेशाले जित्नुभएको कास्य पदक नेपाल र नेपालीको लागि गर्वको विषय हो । ”
पेरिस पारालिम्पिक-२०२४ अन्तर्गत गए राति सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कांस्य पदक जितेकी हुन् ।
पारालिम्पिकमा पदक जित्ने उहाँ पहिलो नेपाली खेलाडी बन्नुभएको छ । हिजै भएको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् ।
क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ १०-८ ले पराजित भइन् । दोस्रो चरणमा पराजित भएको कारण उनले रिपाचेजमा मौका पाउँदै फ्रान्सकी सेफी कार्भजनलेलाई २-१ ले पराजित गरेकि थिइन् ।
गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकि थिइन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।
















पूजापाठ गरेर बालुवाटार सरे बालेन
स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ: स्वास्थ्यमन्त्री मेहता
काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया