स्वरेजको दुई गोलमा इन्टर मियामीको सहज जित
मेरोन्यूज
२०८१ भदौ १६ गते ९:४५

काठमाडौँ । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले अर्को जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले सिकागो लाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
इन्टर मियामीको जितमा लुइस स्वरेजले २ गोल गरेका थिए भने रोबर्ट टेलरले एक गोल गरेका थिए । त्यस्तै एक गोल सिकागोका टोबिआस सालक्विस्टले आत्मघाती गोल गरेका थिए ।
त्यसैगरी सिकागोका लागि एक गोल जर्गीओस कोउटीसिआसले गरेका थिए ।
इन्टर मियामी पछिल्ला खेलहरुमा आफ्ना स्टार खेलाडी लियोनेल मेसी बिना नै खेलिरहेको छ । मेसी इन्जुरीका कारण टिमबाट बाहिर रहेका छन् । मिडिया रिपोर्टका अनुसार मेसी छिटै मैदानमा फर्किने क्रममा रहेका छन् ।
यो जितपछि इन्टर मियामी इस्टर्न कन्फेरेन्समा २७ खेलमा ५९ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै सिकागोको २७ खेलमा २६ अंक रहेको छ र १४औ स्थानमा रहेको छ ।
सम्बन्धित
















पूजापाठ गरेर बालुवाटार सरे बालेन
स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ: स्वास्थ्यमन्त्री मेहता
काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया