शुक्रबार, चैत १३, २०८२

गायिका विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने भन्दै संसद्‌मा आवाज

मेरोन्यूज २०८१ भदौ १८ गते १९:५२

काठमाडौं । गायिका विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने भन्दै संसद्‌मा आवाज उठेको छ । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कांग्रेस सांसद चन्द्र भण्डारीले गायिका माझीलाई सार्वजनिक गर्न माग गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

संसद् बैठकमा उनले भने, ‘मैले देख्छु विष्णु माझीलाई उनको यति राम्रो गीत गाउने त्यो स्वर, त्यो व्यक्तिलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीहरुको हरेक मनले भनेको छ । कुनै उपाय छ भने, धारणा छ भने, कुनै मिल्ने कुरा छ भने यो पनि सार्वजनिक होस् ।’उनले यो माग राखेर आफूले गायिका माझीको अधिकार हनन् नगरेको समेत बताए ।

लामो समयदेखि गायिका माझी सार्वजनिक जीवनमा देखिएकी छैनन् । गुपचुप जीवन बाँचेरै उनले हिट गीत दर्शक-श्रोतामाझ ल्याएकी छन् । पछिल्लो गीतले पनि निकै चर्चा बटुलेको छ ।

प्रतिक्रिया