सोमबार, चैत २३, २०८२

चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक

मेरोन्यूज २०८१ भदौ १९ गते १४:४६

काठमाडौं। छायांकन सकेर सम्पादनको टेबुलमा रहेको चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले पोस्टरसँगै रिलिज डेट पनि अनाउन्स गरेको छ । यो चलचित्र पुस २६ गते रिलिज हुनेछ।

Advertisement
nepal life insurencenepal life insurence

सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका दुई मुख्य पात्र छन्। दयाहाङ राई र सिर्जना निङलेखु छन्। दयाहाङ सुरुवाल मात्र लगाएर उभिएका छन्। हिलो लागेको सुरुवालले उनी कसैसँग भर्खरै झगडा गरेको देखिन्छ । बदलाको भावमा रहको उनको रिसाहा अनुवारले उनी कसैलाई केही भन्दैछन् जस्तो लाग्छ।

छेउमा उनको श्रीमतीको भूमिकामा रहेकी सिर्जना छिन्। उनी रोइरहेकी छन्। आँगनमा ग्यालिन लडेको छ। बिर्को खोलिएको ग्यालिनबाट भर्खरै केही पोखिएको छ। दया र सिर्जनाको भावभंगी र आगनमा पोखिएको तरल पदार्थ हेर्दा त्यो रक्सी हो भन्ने आंकलन लगाउन सकिन्छ। छेउमा तीन चुली ढुंगा लगाएर बालिएको आगोले उनीहरुले रक्सी पार्ने गरेको थप संकेत गर्छ।

प्रहरीले अथवा सिनेमा दुई दशक अगाडिको माओवादी द्वन्द्वको समय हो भने तत्कालीन माओवादी कार्यकर्ताले रक्सी पोखिदिए । सोही क्रममा दयाहाङको झगडा उनीहसँग पर्यो। यसले उनीहरुको जिविको पार्जनको माध्यम नै रक्सी बनाएर स्थानीय बजारमा बेच्नु हो भन्ने बुझिन्छ।

पृष्ठभूमीमा दुईवटा घर छन्। माथिल्लो लेक वा हिमाली बस्ती हो भन्ने यी घर र पात्रको पहिरनले बताएको छ। घरको माथिल्लो भागमा बाँसमा झुण्डाएको केही झुता मकैले उनीहरूको कमजोर आर्थिक अवस्था संकेत गर्छ।

माथिल्लो लेक वा हिमाली बस्तीमा दुःख गरेर बस्ने एक परिवारको कथा भन्ने संकेत यो पोस्टरले गरेको छ। पोस्टरले दयाहाङले यो चलचित्रमा गज्जवको गाउँले क्यारेक्टर निभाएको अनुमान लगाउन सकिन्छ।

यम शेर्पा निर्देशित चलचित्रको अघिल्लो हप्ता मात्रै छायांकन सकिएको थियो। सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा खिचिएको छ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा सिनेमा निर्माण गरिएको हो। सामाजिक कथावस्तुमा निर्माण भएको चलचित्रमा निर्देशक शेर्पा स्वयंको पटकथा र संवाद छ।चलचित्रमा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित र कर्मा शेर्पाको अभिनय छ।

बाल कलाकारमा राशि लिम्बू र सोहन थापाले अभिनय गर्दैछन् । सिनेमालाई पुरुषोत्तम प्रधानले खिचेका हुन्। उनी सिनेमाका निर्माता समेत हुन्।

गोविन्द बोहरा सह–निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता आङछिरिङ शेर्पा, लाइन प्रोड्युसर वीरेन्द्र शाही हुन्।

मनोज थापा मगर, बरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोङ संगीत रहने सिनेमाको मुख्य सहायक निर्देशकमा सुदीप कुँवर, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर हुन्।

प्रतिक्रिया