सत्ताबाहिर पुगेपछि प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा लैजान खोजे: शंकर पोखरेल

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको असंसदीय र अराजनीतिक अभिव्यक्तिले तनाव सिर्जना गरेको आरोप लगाएका छन् ।
सुर्खेत विमानस्थलमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै पोख्रेलले सत्ताबाहिर पुगेपछि प्रचण्डले देशलाई श्रीलंका र बङ्गलादेशको बाटोमा डोर्याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।
‘सत्ताबाट बाहिरिएपछि माओवादी अध्यक्ष प्रचण्डबाट अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्चाउने काम भइरहेको छ,’ उनले भने, ‘प्रतिपक्ष दलका नेताको असंसदीय र अराजनीतिक अभिव्यक्ति दिंदा मुलुकको राजनीतिमा एक खालको तनाव सिर्जना भएको छ ।’
महासचिव पोख्रेलले प्रतिपक्षको भूमिकामा रहेका माओवादी अध्यक्ष प्रचण्डले संवेदनशीलता र संसदीय मर्यादाको ख्याल नगरेको बताए । ‘प्रतिपक्षीले श्रीलंका र बङ्गलादेशको उदाहरण दिंदै त्यो दिशातर्फ डोर्याउन खोज्नु अत्यन्त गैरजिम्मेवार कुरा हो,’ पोख्रेलले भने, ‘यसरी अभिव्यक्ति दिंदै हिंड्नु लोकतान्त्रिक हुन सक्दैन, प्रतिपक्षीले लोकतान्त्रिक मूल्यमान्यतामा ध्यान दिनु जरुरी छ ।’
















सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
नेकपाको महाधिवेशन मंसिर ११ देखि १५ सम्म
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया