सत्ताबाहिर पुगेपछि प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा लैजान खोजे: शंकर पोखरेल

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको असंसदीय र अराजनीतिक अभिव्यक्तिले तनाव सिर्जना गरेको आरोप लगाएका छन् ।
सुर्खेत विमानस्थलमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै पोख्रेलले सत्ताबाहिर पुगेपछि प्रचण्डले देशलाई श्रीलंका र बङ्गलादेशको बाटोमा डोर्याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।
‘सत्ताबाट बाहिरिएपछि माओवादी अध्यक्ष प्रचण्डबाट अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्चाउने काम भइरहेको छ,’ उनले भने, ‘प्रतिपक्ष दलका नेताको असंसदीय र अराजनीतिक अभिव्यक्ति दिंदा मुलुकको राजनीतिमा एक खालको तनाव सिर्जना भएको छ ।’
महासचिव पोख्रेलले प्रतिपक्षको भूमिकामा रहेका माओवादी अध्यक्ष प्रचण्डले संवेदनशीलता र संसदीय मर्यादाको ख्याल नगरेको बताए । ‘प्रतिपक्षीले श्रीलंका र बङ्गलादेशको उदाहरण दिंदै त्यो दिशातर्फ डोर्याउन खोज्नु अत्यन्त गैरजिम्मेवार कुरा हो,’ पोख्रेलले भने, ‘यसरी अभिव्यक्ति दिंदै हिंड्नु लोकतान्त्रिक हुन सक्दैन, प्रतिपक्षीले लोकतान्त्रिक मूल्यमान्यतामा ध्यान दिनु जरुरी छ ।’











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया