तीज पर्व सशक्तीकरणको प्रतीक : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीज पर्वले नेपाली दिदीबहिनी आगामी दिनमा आर्थिक, सामाजिक र राजनीतिक रुपले नेतृत्वदायी भूमिकामा आउने प्रेरणा प्राप्त होस् भन्ने कामना व्यक्त गरेका छन्।
अध्यक्ष दाहालले आज जारी गरेका शुभकामना सन्देशमा हिन्दू धर्मावलम्बी नेपाली महिलाको विशेष चाड तीज पर्वका अवसरमा दिदीबहिनीहमा सुखशान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
सन्देशमा भनिएको छ, “ तीज पर्वले पारिवारिक मिलन, सामाजिक सम्बन्ध विस्तारका साथै महिला सशक्तीकरण, समानता र अधिकारका लागि एकताबद्ध हुन प्रेरणा दिने मैले विश्वास लिएको छु ।” सन्देशमा महिलाको त्याग, समर्पण र इमान्दारिताको पहिचान झल्काउने तीज पर्व अहिले स्वतन्त्रता, सहअस्तित्व र सशक्तीकरणको प्रतीकका रुपमा मनाउन थालिएको र दिदीबहिनी, साथीसङ्गी जमघट भई नाचगान गर्ने, पारिवारिक मिलनमा सुखदुःख साट्ने र सामाजिक सम्बन्ध विस्तार एवं पुनर्ताजगी गर्ने तीज महिलाको विशेष सांस्कृतिक पर्व भएको उल्लेख छ ।
धार्मिक सांस्कृतिक परम्पराका नाममा महिलामाथि थोपरिएका कतिपय अन्धविश्वास र कुसंस्कार छोडेर यसको मौलिक पहिचानसहित तीज पर्व मनाउनु पर्दछ । तीज पर्वका नाममा भित्रिनसक्ने आर्थिक, सामाजिक र सांस्कृतिक विकृतिप्रति सचेत रहँदै यसलाई लैङ्गिक विभेदमुक्त समतामूलक समाज निर्माणका लागि छलफल, बहस र पैरवी गर्ने पर्वका रुपमा मनाउन म सबैलाई अनुरोध गर्दछु ।
















आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया