गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन मुख्यमन्त्रीको आग्रह

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्र निर्माणमा निर्माण व्यवसायीहरूले महत्त्वपूर्ण योगदान रहेको बताउँदै गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन आग्रह गरेका छन्।
मोरङ निर्माण व्यवसायी संघको २७ औँ साधारण सभाको आज उद्घाटन गर्दै उनले व्यवसायीहरूले निर्माण क्षेत्रका समस्या समाधान गर्न आफू तयार रहेको बताए । उनले खरिद ऐनप्रति लक्ष्य गर्दै निर्माण व्यवसायीलाई सहज हुने गरी नीति नियम सच्चाइने प्रतिबद्धता व्यक्त गरे । उनले भने , “चालु आर्थिक वर्षको मौद्रिक नीतिले निर्माण व्यवसायीमा आशा जगाएको छ ।” साथै उहाँले व्यवसायीलाई भुक्तानी दिने प्रतिबद्धता पनि व्यक्त गरे।
निर्माण व्यवसायी महासंका अध्यक्ष रवि सिंहले भुक्तानीमा भएको विलम्बले निर्माण व्यवसायीहरू गम्भीर आर्थिक समस्यामा परेका बताए। उनले सम्पन्न भएका परियोजनाको रकम अविलम्ब दिनुपर्नेमा जोड दिए । उनले निर्माण व्यवसायी सङ्घका कारण २५ लाखले रोजगारी पाएका बताए ।
















सामान्य प्रशासन र भूमिमन्त्री रावलद्वारा पदभार ग्रहण
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
पदभार ग्रहण गर्दै कानुनमन्त्री सोविता गौतमले के भनिन्?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रविको रिट ‘हेर्दाहर्दै’मा, बिहीबार सुनुवाइ हुने
प्रतिक्रिया