सोमबार, वैशाख १४, २०८३

आम दलित मोर्चाको केन्द्रीय कमिटीको पुनर्गठन

मेरोन्यूज २०८१ भदौ २३ गते १४:०९

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । काठमाडौंमा भएको एक भेलाबाट केन्द्रीय कमिटी पुनर्गठन भएको हो । ठागा दासको अध्यक्षतामा ७७ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको हो ।

Advertisement
NiccNicc

आम दलित मोर्चाले सम्पूर्ण गरिब दलित मोर्चालाई आवासको व्यवस्था गर्नुपर्ने, आम दलितको सम्मान, अधिकार, रोजगार एवं आवासको लागि संघर्षका कार्यक्रमलाई अगाडी बढाउँने निर्णय समेत गरेको छ ।

तराई मधेसका जिल्लाहरुमा दलित समुदायको घर निर्माणका लागि सरकारले गम्भिरतापूर्वक नलिएको निष्कर्ष निकाल्दै भेलाले अधुरो घर निर्माण तत्काल पुरा गर्नुपर्ने, निर्माण भईसकेका घरहरुको रकम निकासा गर्नुपर्ने, प्रत्येक गरिब दलिय परिवारलाई आवासको व्यवस्था सरकारले तत्काल गर्नुपर्ने लगायतका माग दलित मोर्चाले गर्दै आएको छ । यि माग पुरा गराउँनका लागि संघर्षका कार्यक्रम गर्दै आएको दलित मोर्चाले अब कडा आन्दोलनमा जाने निर्णय समेत गरेको अध्यक्ष ठागा दासले जनाएका छन् ।

चन्देश्वर बैठा इन्चार्ज र शर्मिला राम, रामनाथ माझी सहइन्चार्ज रहेको दलित मोर्चाको उपाध्यक्षमा विरचन राम, राकेश बैठा, चिनीलाल दास, विमला विश्वकर्मा, महासचिवमा रामाशंकर पासवान, सचिवमा अमर सुनार, सहसचिवमा सन्ध्या पासवान, गणेश राम र कोषाध्यक्षमा सन्झाकुमारी राम रहेकी छन् ।

यसैगरी सदस्यहरुमा प्रमिला दास, राजेश रबिदास, श्रीराम महरा, सोन्फी पासवान, हिर्देनारायण दास, अरुण पासवान, सोनेलाल राम, प्रमोद पासवान, सागर बिक, रमेश नेपाली, राजकुमार सुचिकार, रामबहादुर नेपाली, सोनु सुनाले, निरज कुमार रन्जन, संजिप नेपाली, रामबहादुर परियार, रामजनम पासवान, सुनिता राम, सुनितादेवी राम, अन्जना विक, राजकुमार हजरा, रुपलाल राम, कुस कुमार पासवान, सूर्यनारायण राम, अन्कित कुमार पासवान, रामबहादुर दास, गिर्जालाल हजरा, निशान्त पासवान, रामपुकार पासवान, ललन पासवान, उमेश दास, दिपक पासवान, गोपाल विक लगायतका रहेका छन् ।

प्रतिक्रिया