बिजुली बस खरीद प्रक्रिया पुनः अगाडि बढाइयाे

काठमाडाैं । सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाउन साझा यातायात सहकारी प्रालिलाई आवश्यक कागजात उपलब्ध गराएको छ । संस्थामार्फत नै विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने गरी सरकारले दुई वर्ष अघि उक्त सहकारीको सेयर खरिद गरेको थियो ।
त्यतिबेला बस कस्तो हुने भन्ने विवरणलगायत विषयमा समस्या आउँदा सरकारले साझालाई दिइएको रकम फिर्ता गर्ने जनाएको थियो । सेयर रकम फिर्ता नभएको र सोही रकमबाट अहिले बस खरिद गरेर सञ्चालन गर्ने योजना बनाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता दीपक भट्टराईले बताए ।
उनले भने, “अहिले पुनः बस खरिदका लागि प्रक्रिया अघि बढिरहेको छ ।” सरकारले २०७५ सालमा संस्थालाई ३०० विद्युतीय बस खरिदका लागि भन्दै रु तीन अर्ब बराबरको सेयर खरिद गरेको थियो । त्यतिबेला स्फेसिफिकेसन, ठेक्का कागजात बनाउनेलगायत प्राविधिक समस्या भएको प्रवक्ता भट्टराईले बताए ।
अहिले मन्त्रालयले आवश्यक सबै कागजात तयार गरेर संस्थालाई उपलब्ध गराएको छ । सरकारले बस खरिद पुनः अघि बढाउन भनेसँगै संस्थाले पनि खरिद प्रक्रिया अघि बढाइएको छ । संस्थाले ४० बस खरिदका लागि ठेक्का आह्वान गरेको छ । सार्वजनिक यातायातमा सरकारको प्रत्यक्ष लगानी नभए पनि सबैभन्दा बढी सरकारको सेयर रहेको संस्थाका रुपमा रहेको छ ।
सङ्घीय सरकार मात्रै होइन काठमाडौँ उपत्यकाका पालिकाले पनि संस्थाका सेयर खरिद गरेका छन् । संस्थाले ती पालिकासँगको सहकार्यमा सवारीसाधन सञ्चालन गर्दै आएको छ ।
















ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु : पाँच लाख बढी विद्यार्थी सहभागी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया