नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट, कम्तीमा ५२ जनाको मृत्यु

काठमाडौँ । उत्तरी नाइजेरियाको नाइजर राज्यमा यात्रु र गाईवस्तु बोकेको ट्रकसँग इन्धन बोक्ने ट्याङ्कर ठोक्किँदा कम्तीमा ५२ जनाको मृत्यु भएको आपतकालीन उद्धारका लागि काम गर्ने एक निकायले सोमबार जनाएको छ।
नाइजर स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी ९सेमा० का प्रवक्ता इब्राहिम हुसेनीले घटनाबारे एएफपीसँग भन्नुभयो, “आइतबार बिहान भएको दुर्घटना र विस्फोटपछि मृतकको सामूहिक अन्त्येष्टि गरिएको छ ।”
“पीएमएस (ईन्धन) लोड गरिएको पेट्रोल ट्याङ्कर यात्रु र गाईवस्तु बोकेको ट्रेलर ट्रकसँग ठोक्किँदा यो घटना भएको हो,’ सेमाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उक्त दुर्घटनामा अन्य दुई सवारी साधन, एउटा क्रेन र एउटा पिकअप भ्यान पनि दुर्घटनाग्रस्त भएका छन् ।
अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा इन्धन ट्याङ्कर विस्फोट हुँदा पटक पटक ठूलो सङ्ख्यामा मानवीय हताहत हुने गरेको छ । इन्धन ट्याङ्करको दुर्घटनापछि स्थानीयले जोखिम लिई चुहिएको इन्धन चोर्ने प्रयास गर्दा आगलागी हुने र यसबाट ठूलो सङ्ख्यामा मानवीय क्षति हुने गरेको पाइन्छ ।
सडकको खराब अवस्था, पूराना सवारी साधन र चालकको लापर्बाहीका कारण अफ्रिकामा यस्ता दुर्घटना हुने गरेको पाइन्छ ।














सुमन सायमीको समूह नेकपामा समाहित
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
नबिल बैंकका अध्यक्ष चौधरीले लिए शपथ
तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया