नवीन अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि नवीन अनुसन्धानमा जुट्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवासमा आज आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औँ प्राज्ञसभामा नाष्टका कुुलपतिसमेत रहेएका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो रुग्ण भएकाले यसलाई कसरी उपचार गर्न सकिन्छ भन्नेमा अनुसन्धान गर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्रीले सागसब्जी उत्पादनमा विषादीयुक्त कीटाणुु कसरी रोक्ने र चाहिने कीटाणु कसरी कायम राख्ने भन्ने विषयमा अनुसन्धान भएमा उत्पादन र उत्पादकत्व वृद्धिमा सहयोग पुुग्ने बताए । “आफूूलाई जे मन लाग्यो त्यसमा भन्दा पनि देशको आवश्यकताअनुसार अनुसन्धान होस् । कृषि क्षेत्रको अनुसन्धानका लागि कृषि अनुसन्धान परिषद् (नार्क) जस्ता संस्थासँग सहकार्य होस् । सुशासन कायम गर्ने कामको नेतृत्व म गर्छु, तपाई वैज्ञानिकबाट नयाँ खोज र अनुसन्धान गरेर मुलुकको परिवर्तनमा योगदान गर्न मेरो आग्रह छ ’’,
प्रधानमन्त्री ओलीले भने, “ज्ञान, विज्ञान र योगको उद्गम भूमि नेपाल विकासका दृष्टिले पछाडि परेको छ । अरुले ढुङ्गा हानेर सिकार गर्दै गरेको अवस्थामा हामीले पशुुपालनको युुग सुरु गरिसकेका थियौँ । अब ‘ग्रिन हाइड्रोजन’को प्रयोग र अन्तरिक्षको ‘अर्बिट’मा आफ्नै ‘सेटलाइट’ राख्नेतर्फ ध्यान दिन सक्नुपर्छ । भूकम्पको पूर्वसूचना प्रणालीलाई स्थापित गरेर जानुपर्छ ।’’
प्रधानमन्त्री ओलीले सिद्धान्त र दर्शनका आधारमा नभए पनि प्रयोग र अभ्यासका हिसाबले हाम्रा पुर्खाले सुरु गरेका आयुर्वेद, ध्वनि विज्ञानलगायत क्षेत्रमा गरेका विकासको स्मरण गर्दा आत्मबल वृद्धि हुने बताए ।
सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि रु ५० करोड ६८ लाख ३९ हजारको बजेटसहितका कार्यक्रम स्वीकृत गरेको छ ।
सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत सहभागी सभामा प्रतिष्ठानका उपकुुलपति प्रा डा दीलिप सुुब्बाले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई सरकारले समृद्धिको आधार मानेकामा त्यसको प्रशंसा गरे ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया