बायोग्यासबाट जैविक मल र एलपी ग्यास उत्पादन

गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–२ स्थित बायोग्यास प्लान्टबाट जैविक मल र एलपी ग्यासको उत्पादन सुरुआत भएको छ । विश्व बैंकको आर्थिक एवं प्राविधिक सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको फोहरजन्य वैकल्पिक ऊर्जा उत्पादन कार्यक्रमअन्तर्गत कुहिने फोहरबाट उत्पादित जैविक मल र खाना पकाउने एलपी ग्यास उत्पादन हुन थालेको हो ।
देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिसका कार्यकारी निर्देशक रविनकान्त पन्तले बायोग्यास प्लान्टबाट उत्पादित जैविक मल र खाना पकाउने एलपी ग्यासको बिक्री वितरणको काम समेत सुरु भएको बताए । उनले बायोग्यास प्लान्टबाट जैविक मलको दैनिक उत्पादन क्षमता तीन हजार पाँच सय किलो रहेकामा हाल प्रतिदिन दुई हजार किलोग्राम उत्पादन भइरहेको बताए ।
खाना पकाउने एलपी ग्यासको दैनिक उत्पादन गर्ने क्षमता एक हजार किलोग्राम रहेकोमा हाल पाँच सय किलो ग्राम उत्पादन भइरहेको उनले बताए । प्लान्टबाट उत्पादित जैविक मलको प्रतिकिलो रु २० र खाना पकाउने प्रतिएलपी ग्यासको (प्रतिसिलिन्डर) रु एक हजार चार सय ५० मूल्य कायम गएिको निर्देशक पन्तले जानकारी दिए ।
उनले क्षमता अनुसार उत्पादनका लागि तयार भएर काम सुरु गरिसकेको बताउँदै बजार नभएका कारणले क्षमताभन्दा कम उत्पादन गर्नुपरेको जानकारी दिए । बजार माग अनुसार उत्पादनको क्षमता पनि बढाउँदै लगिने उनको भनाइ छ ।
उनले बायोयास प्लान्टमा उपहानगरपालिकाले दैनिक रुपमा सङ्कलन गर्दै आएको कुहिने फोहर, कृषि क्षेत्रको फोहर र औद्योगिक क्षेत्रको फोहरलाई गरी दैनिक ३० हजार किलोग्राम फोहरको व्यवस्थापन भइरहेको बताए ।उनले सङ्कलन भइरहेको कुहिने फोहरलाई बायोयास प्लान्टमा प्रशोधन गरी जैविक मल र एलपी ग्यासको उत्पादन गर्दै आएको जानकारी दिए ।
बायोयास प्लान्टबाट कम्पोस्ट र झोल मल पनि उत्पादन भइरहेको छ । विश्व बैंकको सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, धनगढी उपमहानगर र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा गत आवमा २०८० सालमा रु झण्डै २१ करोडको लागतमा बायोग्यास प्लान्ट निर्माण गरिएको थियो । बायोग्यास प्लान्ट निर्माणमा सरकारको ४० प्रतिशत र देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिसको ६० प्रतिशत लगानी रहेको जनाइएको छ । देव ट्रेनिङले २० वर्षसम्म प्लान्ट चलाएर धनगढी उपमहानगरलाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया