जनताले अनुभूत गर्नेगरी कार्यसम्पादन गर्न प्रहरीलाई गृहसचिवको निर्देशन

काठमाडौँ। गृहसचिव गोकर्णमणि दुवाडीले नागरिकले अनुभूत गर्नेगरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । आज नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण भ्रमणपछि यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै गृहसचिव दुवाडीले नेपाल प्रहरी व्यावसायिक सङ्गठन भएको हुँदा यसमा आबद्ध हरेक कर्मचारी इमान्दार, व्यावसायिक, दक्ष र कुशल हुनुपर्नेमा जोड दिए ।
प्रहरी सङ्गठनले गरेको अपेक्षा र प्रहरी कर्मचारीको दक्षता वृद्धिका लागि आवश्यकपर्ने स्रोतसाधनको व्यवस्था साथै अन्य मन्त्रालयसँगको समन्वयका लागि गृह मन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्ने उहाँले प्रतिबद्धता जनाए ।
उनले विभिन्न समस्या, सीमितता र चुनौतीको बाबजुद पनि नेपाल प्रहरीले समाजमा शान्तिसुरक्षा तथा अमनचयन कायम, अपराध नियन्त्रण तथा अनुसन्धान एवं कानुन कार्यान्वयनमा पु¥याएको योगदानको प्रशंसा गरे । कार्यक्रममा गृहसचिव दुवाडीसमक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीको कार्ययोजना २०८०, प्रहरी कर्मचारीको सरूवासम्बन्धी मापदण्ड २०७९ (प्रथम संशोधन–२०८०), आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१, लागुऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८०/०८१, नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह भाग–१ सम्बन्धी पुस्तक प्रदान गरे।
निरीक्षण भ्रमणका क्रममा गृहसचिव दुवाडीसमक्ष नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सङ्गठनका गतिविधिबारे प्रस्तुति दिएका थिए ।
निरीक्षण भ्रमणका क्रममा गृहसचिव दुवाडीले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गरे ।
















HoR passes proposal of vote of thanks to President
नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार मानीस प्रभावित
Scientific research should be taken as national responsibility: Vice President Yadav
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया