मेसीको शानदार कमब्याक, इन्टर मियामीको जितमा गरे दुई गोल
मेरोन्यूज
२०८१ भदौ ३० गते ७:५६

काठमाडौँ । लियोनेल मेसीले इन्जुरीबाट ठिक भएपछि शानदार कमब्याक गरेका छन् । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले फिलाडेफियालाई ३-१ गोल अन्तरले पराजित गर्ने क्रममा मेसीले दुई गोल गरेर शानदार कमब्याक गरेका हुन् ।
मेसीले खेलको २६औं र ३०औं मिनेटमा गोल गरेका थिए । मेसी गत जुनदेखि इन्टर मियामीका लागि पहिलो पल्ट खेलेका हुन् । त्यस्तै इन्टर मियामीका लागि तेस्रो गोल लुइस स्वरेजले गरेका हुन् । स्वरेजले एक गोल असिस्ट समेत गरेका थिए ।
यस अघि खेलको दोस्रो मिनेटमा नै फिलाडेफियाले मिकाएल उह्रेको गोलमा शुरुवाती अग्रता लिएको थियो ।
यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा २८ खेलमा ६२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यसै गरि फिलाडेफियाको भने २८ खेलमा ३० अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।
सम्बन्धित
















विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः सभापति थापा
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँः सांसद थकाली
युवा सांसद भन्छन्– ‘नयाँ पुस्ताको परिवर्तनको आकांक्षा नै हाम्राे एजेण्डा’
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया