एभरेष्ट महिला भलिबलः काठमाडौं स्पाइकर्सद्वारा विदेशी स्टार खेलाडीको घोषणा

काठमाडौं। काठमाडौं स्पाइकर्सले आगामी एभरेष्ट महिला भलिबल लिग२०२४ का लागि विदेशी खेलाडीका रूपमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त भलिबल खेलाडी सेटर एन्ड्रिया त्सभेतानोभालाई अनुबन्ध गरेको छ।
बुल्गेरियाकी प्रतिष्ठित र अनुभवी भलिबल खेलाडी एन्ड्रिया त्सभेतानोभा काठमाडौं स्पाइकर्समा सामेल भएकी हुन्। फुर्तिलो,जोशिलो र रणनीतिक खेलका लागि प्रख्यात उनले NCAA, NJCA, MECA, NIVC र बुल्गेरियन लीगहरू सहित शीर्षस्तरका लीगहरूमा उत्कृष्ट प्रदर्शन गर्नुका साथै बुल्गेरियन CEV च्याम्पियन्स लिग र FIVB क्लब विश्व च्याम्पियनशिपमा उल्लेखनीय प्रदर्शन मार्फत् महत्त्वपूर्ण सफलता हासिल गरेकी छिन्।
उनले विश्व च्याम्पियनशिप पदक र कन्टिनेन्टल टाइटलसँगै सर्भिस, डिफेन्स, लिडरशिप र खेलभावनाका लागि विभिन्न पुरस्कारहरू प्राप्त गरेकी छिन्। त्सभेतानोभाको प्रभावशाली करियर काठमाडौं स्पाइकर्सको लागि मूल्यवान हुनेछ।
एभरेष्ट वुमन्स भलिबल लिगमा त्सभेतानोभाको आगमनपछि आफ्नो टोली थप बलियो हुनेमा विश्वस्त रहेको काठमाडौं स्पाइकर्सले जनाएको छ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया