छाेटाे समयमै अत्याधिक रुचाइएका ईभी नामी र सेरेस (भिडियाेसहित)
काठमाडौं। नेपालमा पछिल्लो समय विद्युतीय सवारीसाधनको आकर्षण बढ्दो छ ।
भर्खरै सम्पन्न नाडा अटो शो ले पनि यसको पुष्टि गरिसकेको छ । शोमा अधिकांश बुकिङ विद्युतीय सवारीको नै रहेको थियो ।
नाडामा एमएडब्लु वृद्धि मोटर्स प्रा. लि ले मात्र एक हजार भन्दा बढी गाडीको बुकिङ लिएको थियाे । यो नाडाको इतिहासमा हालसम्मकै बढी बुकिङ रहेको कम्पनीका बिजनेश हेड प्रशन्न पन्तको भनाइ छ ।
शो मा एमएडब्लुको ईभी नामीले मात्र ७१७ युनिट गाडीको बुकिङ लिन सफल भएको थियो ।
नामीमा करोड पर्ने गाडीमा हुने फिचर भएकाले यसप्रति ग्राहकहरुको आर्कषण बढेको पन्त बताउँछन् । यसमा रहेको फ्रेमलेस डोर, फ्ल्स हेन्डल, वेलकम सिट्स्, मेमोरी सिट्स्, अटो पार्किङ जस्ता फिचरले ग्राहकको ध्यान खिचेको उनको भनाई छ । ‘जुन मुल्यमा यो गाडी हामीले बिक्री गरिरहेका छौं, यो मुल्यमा आजको दिनमा नेपालमा यस्ताे कुनैपनि गाडी छैन’, पन्तले भने ।
एमएडब्लुसँग नामी इ १, इ २ र इ ३ गरी ३ वटा मोडलमा रहेका छन् । नामी इ १ को मुल्य २९ लाख ९९ हजार, इ २ को मुल्य ३१ लाख ९९ हजार र इ ३ को मुल्य ३४ लाख ९९ हजार रहेको छ । नामी गाडी ग्रीन, वाइट, ब्लु र पर्पल गरी ४ वटा कलरमा उप्लब्ध छ ।
त्यस्तै कम्पनीकै अर्को ईभी सेरेसको पनि शोमा २०७ युनिट बुकिङ भएको थियो । यसमा रहेको १९० एमएम को ग्राउण्ड क्लेयरेन्सले ग्राहकलाई एसयुभीकाे अनुभव गराउने पन्तकाे भनाइ छ ।
पन्तका अनुसार बिक्री वितिरण सुरु गरेको एक वर्ष नपुग्दै नेपालभर ३५० बढी सेरेस गाडी बिक्री भइसकेका छन् । एमएडब्लुले छिट्टैनै सेरेसको अप्डेटेड भर्जन नेपाल भित्र्याउन लागेको पन्तले जानकारी दिए ।
सेरेसमा कम्फर्ट र प्रिमियम गरी दुईवटा मोडल रहेको छ । कम्फर्टको मुल्य ४९ लाख ९९ हजार भने प्रिमियमको मुल्य ५२लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ ।
बुकिङ लिएका कस्टमरहरुलाई समयमै गाडी उपलब्ध गराउन आफुहरु तयार रहेको पन्तले बताएका छन् । ‘कम्पनीले कस्टमरहरुसँग कमिट्मेन्ट गरेअनुसार नै गाडी डेलिभरी गर्छ’, उनले भने ‘देशभर १० ओटा स्थानमा हाम्रो डिलर छन्, सबै स्थानबाट डेलिभरी दिन्छौं ।’


















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
आज २०८२ साल फागुन १७ गते आइतबारको राशिफल
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
प्रतिक्रिया