धनगढी उपमहानगरले सञ्चालनमा ल्यायो नगर बस सेवा
मेरोन्यूज
२०८१ भदौ ३० गते २०:५६

धनगढी। धनगढी उपमहानगरपालिकाले नगर बस सञ्चालनमा ल्याएको छ। आइतबार धनगढी उपमहानगरपालिका–१९ को फुलबारी बसपार्कमा औपचारिक कार्यक्रम आयोजना गरेर उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालनमा ल्याएको हो ।
नगर उपप्रमुख कन्दकला रानाले हरियो रंगको झन्डा देखाएर नगर बस सेवाको विधिवत् रुपमा उद्घाटन गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले फुलबारी सहितका ग्रामीण बस्तीबाट सहज र सुलभ यातायात सेवा सञ्चालन नहुँदा आम नागरिकले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै नगर बस सेवा सञ्चालनमा ल्याइएको हमालले बताए ।
विद्युतीय बस सेवा सञ्चालन गर्ने उद्देश्य सहित फुलबारी बसपार्कमा चार्जिङ स्टेशन स्थापना गरिएको तर विभिन्न कारणले विद्युतीय बस सेवा सञ्चालन गर्न नसकिएको उनको भनाइ छ ।
सम्बन्धित














दाङमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
President, Vice President’s messages on Ram Navami festival
वीरगञ्ज नाकाबाट सात महिनामा झण्डै ६ खर्बको आयात
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया