धनगढी उपमहानगरले सञ्चालनमा ल्यायो नगर बस सेवा
मेरोन्यूज
२०८१ भदौ ३० गते २०:५६

धनगढी। धनगढी उपमहानगरपालिकाले नगर बस सञ्चालनमा ल्याएको छ। आइतबार धनगढी उपमहानगरपालिका–१९ को फुलबारी बसपार्कमा औपचारिक कार्यक्रम आयोजना गरेर उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालनमा ल्याएको हो ।
नगर उपप्रमुख कन्दकला रानाले हरियो रंगको झन्डा देखाएर नगर बस सेवाको विधिवत् रुपमा उद्घाटन गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले फुलबारी सहितका ग्रामीण बस्तीबाट सहज र सुलभ यातायात सेवा सञ्चालन नहुँदा आम नागरिकले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै नगर बस सेवा सञ्चालनमा ल्याइएको हमालले बताए ।
विद्युतीय बस सेवा सञ्चालन गर्ने उद्देश्य सहित फुलबारी बसपार्कमा चार्जिङ स्टेशन स्थापना गरिएको तर विभिन्न कारणले विद्युतीय बस सेवा सञ्चालन गर्न नसकिएको उनको भनाइ छ ।
सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया