आधिकारीक रुपमै नेपालमा आइफोन आयात र वितरण गरेकाे जेननेक्स्टकाे दाबी

काठमाडौं । जेनेरेशन नेक्स्ट कम्युनिकेसन प्रालि (जेननेक्स्ट) ले आफुले नेपालमा आधिकारीक रुपमा आइफोन आयात तथा वितरण गर्दै आएको दाबी गरेको छ ।
कम्पनीले सोमबार विज्ञेप्ती जारी गर्दै आफुविरुद्द भ्रामक प्रचार भइरहेको बताएको छ ।
कम्पनीका अनुसार नेपालमा सूचना प्रविधिको व्यवसाय गर्दै आएका रुद्रराज पाण्डेले नेपाल दूरसञ्चार प्राधिकरण र त्यसका कर्मचारीहरुमाथि बिना प्रमाण सामाजिक सञ्जालमार्फत गम्भीर आरोप लगाएका छन् ।
‘हाल अमेरिकामा रहेका पाण्डेले आफ्नो डियरवाक ग्रुप अन्तरगत रहेको कम्पनी डियरकम्पवेयर लिमिटेडले नेपालमा आइफोन आयात गर्न प्रयास गरेको र त्यसमा प्राधिकरणले स्वीकृति नदिएको भन्दै हालै आफ्नो फेसबुकमार्फत गलत आरोप पोस्ट गरेका छन् ।’ जेननेक्स्टले भनेको छ ‘आफ्नो अर्को कम्पनीका लागि किनेका आइफोनहरु सिधै दुबईबाट आयात गरेर अवैध वा गैरकानूनी रुपमा नेपालमा ल्याउन खोजेको नेपालमा देखिन्छ । उनको कम्पनीले उत्पादक निर्माता वा ब्राण्ड कम्पनीसँगको कुनै सम्झौता भएको छैन् । सिधै मैले किन आयात गर्न नपाउने भन्ने जिकिर आफैँमा प्रचलित कानुनको विपरीत छ ।’
सन् २०१२ देखि नेपालमा आइफोन भित्र्याउँदै आएको जेननेक्स्टले एप्पलसँग पछिल्लो पटक अगस्ट ५, २०२४ मा आधिकारीक सम्झौता अपडेट गरेको जनाएको छ । उक्त सम्झौता पत्र ’एनडीए’ अर्थात नन डिस्क्लोजर एग्रीमेन्ट भएको हुँदा बाहिर सार्वजनिक गर्न नमिल्ने भएपनि कम्पनी वा नेपाल दूरसञ्चार प्रासधकरण (एनटीए) बाट हेर्न सकिने कम्पनीको विज्ञेप्तीमा उल्लेख छ ।
नेपालको प्रचलित नियम कानुनको अधिनमा रहेर वर्षौंदेखि सूचना प्रविधिमा उपयोग हुने एप्पलका उपकरणहरु बिक्री वितरण गरिरहेको कम्पनीलाई दुस्प्रचार गर्न खोजिएको भन्दै जेननेक्स्टले आगामी दिनमा यस्ता हर्कत दोहोर्याए कानुनी उपचारमा जाने चेतावनी समेत दिएको छ ।













चिडियाखानाको व्यवस्थापनलाई सहज बनाउँछाैं : मन्त्री चौलागाईं
रमेश लेखकले जाँचबुझ आयोगलाई दिएको बयानमा के भने ? (पूर्णपाठ)
सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
बाँकेको नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया