रवि लक्षित कमल थापाको टिप्पणी- ‘क्लिन चिट’ पायो होइन, कारवाहीको सिफारिस भयो
मेरोन्यूज
२०८१ असोज १ गते १३:४४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले रास्वपा अध्यक्ष रवि लामिछानेले ‘क्लिन चिट’ नपाएर कारवाहीको सिफारिस भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले क्लीन चिट पाएको भन्दै जनताको आँखामा छारो हाल्ने काम भएको उल्लेख गरेका छन् ।
साथै उनले प्रमुख दलका नेता कार्यकर्ताहरुकै संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारेको आरोप समेत लगाएका छन् ।
उनले भने- ‘क्लिन चिट’ पायो ! होईन, कारवाहीको सिफारिश भयो ! यो जनताको आँखामा छारो हाल्ने काम हो।सत्य के हो भने,प्रमुख दलका नेता कार्यकर्ताहरुकै संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारे । भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त नपारेसम्म यस्तो भैरहन्छ ।
सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया