विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।
समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएको र दिउँसो १ बजेका लागि बैठक बोलाइएको कोशी प्रदेशसभाका प्रवक्ता गौतमराज अमात्यले बताए ।
केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कोशीमा पनि काँग्रेस–एमालेको सरकार बनेको छ । साउन ११ गते कोशी सरकार छाडेको माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।
मुख्यमन्त्री कार्कीको समर्थनमा एमालेका ४० र काँग्रेसका २९ सांसद छन् । प्रदेशमा बहुमतका लागि ४७ जना आवश्यक पर्छ । प्रदेश सभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया