‘संविधान संशोधन सबैका लागि बहसको विषय बनेको छ’

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संवैधानिक अभ्यास, अनुभव र कार्यान्वयन पक्षका कमीकमजोरीलाई केलाउँदै लोकतन्त्र, मानव अधिकार, समानता र समृद्धिको आगामी यात्रामा जुट्न सबैलाई आह्वान गरेका छन्।
संविधान दिवस-२०८१ को पूर्वसन्ध्यामा दिनुभएको शुभकामना सन्देशमा पूर्वअध्यक्ष रेग्मीले परिणाममुखी कामले मात्र जनआकाङ्क्षा पूरा हुने भएकाले संविधान लक्षित उद्देश्यतर्फ अघि बढन सुझाव दिए । “स्थिरता, जनसहभागिता, प्राप्त हकअधिकारको संरक्षण र समृद्धि संवैधानिक मार्गचित्र भएकाले यसको सम्बर्द्धन गर्नु आजको लोकतन्त्रको सारभूत विषय हो । हाम्रा सबै क्रियाकलाप यसतर्फ केन्द्रित हुनुपर्दछ”, उनले भने।
लामो सङ्घर्ष र जनआन्दोलनको कठिनतम प्रयासबाट लोकतान्त्रिक संविधान प्राप्त भएको स्मरण गराउँदै पूर्वप्रधानन्यायाधीश रेग्मीले वीर सहिदको बलिदान, घाइते, अपाङ्गहरूको सङ्घर्षपूर्ण जीवनले जनताको समुन्नत भविष्यका लागि अघि बढ्न घच्घचाइ रहेको स्पष्ट गरे । संविधान संशोधन सबैका लागि चासो र बहसको विषय बनेको उनले उल्लेख गरे।
पूर्वअध्यक्ष रेग्मीले भने, “अब अलमलिने र अलमल्याउने छुट कसैलाई छैन । आजको प्रविधिको चरम विकास भएको विश्व व्यवस्थामा नेपाली जनता पनि बढी जागरुक र सचेत भइसकेका छन् ।” उनले शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्धि आजको महत्वपूर्ण कार्यभार र आवश्यकता भएकाले जनताको जीवनस्तर सुधारमा ध्यान केन्द्रित गर्न सबैलाई सुझाव दिए ।
पूर्वप्रधानन्यायाधीश रेग्मीले आज संविधान संशोधनको विषय एजेन्डाका रुपमा सरकार पक्षबाट उठाइएकाले सार्वजनिक चासो र बहसको विषय बनिरहेको उल्लेख गरे। “संविधान दिवसका अवसरमा नेपाली जनताका आकाङ्क्षा र संवैधानिक लक्ष्य सबैको प्राथमिकताको विषय बनोस्, सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, उनले भने।

















आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा : अध्यक्ष घिसिङ
लोयल्टी र फेरिल्यान्ड क्वाटरफाइनलमा
President applauds role of Sherpa people in promoting nation’s prestige
खैबर पख्तुनख्वामा घातक विस्फोट
ओलीले सार्वजनिक गरे ४२ बुँदे प्रतिबद्धता पत्र (पूर्णपाठ)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
प्रतिक्रिया