पुर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास खण्डको सडकपेटी विचौलियाको कब्जामा

महोत्तरी । मधेश प्रदेशको व्यस्त सडक मानिएको पुर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास सडक खण्डमा ठेलागाँडा मजदुरहरुसगँ पैसा असुल गरेर सडक जाम गराउने गरेको खुलासा भएको छ ।
जनही ३ सयदेखि ९ सयसम्म पैसा अशुल गरेर सडकपेटीलाई कमाउने धन्दा वनाउने गरेको तथ्य वाहिरिएपछी बर्दिवास नगर क्षेत्रमा सडकको थप अस्तव्यस्तताको कारक खुलासा भएको हो ।
सडक किनारामा राखिएका ठेलागाँडा पशलहरुले ९ सय रुपैयाँ दिने गरेको स्विकार गरेका छन । म जहिल्यै ढल्केवरवाट ठेलामा सामन ल्याएर याँहा वेच्ने गर्छु ।´ दिपक भनिने एक ठेलाव्यापारीले भने ।पैसा दिएपछि खासै समस्या पनि हुँदैन त्यसैले अन्य साथीहरु पनि वाहिरवाट याँहा नै आउनुहुन्छ ।´
अन्य ठाउँमा सामान लिएर जाँदा व्यापार नहुने र बर्दिवासका सडक किनारामा राख्दा भनेजस्तो व्यापार चल्ने हुँदा खुसीले नै उक्त पैसा दिने गरेको उनिहरुले वताएका छन ।
सडकपेटीहरु अस्तव्यस्त भएको व्यापक जनगुनासो वढीरहेको भन्दै बर्दिवास नगरपालिकाले विहान-वेलुका केही कर्मचारी र नगर प्रहरी समेत खटाउने गर्दछ ।
तर यस्का वावजुत पनि सडकको दुरावस्था यथावत रहिरहेको वेला ठेलागाँडाहरुसगँ पैसा उठाएर संरक्षण गरिएको तथ्यले आम मानिसहरुलाई झस्काएको छ ।
कस्लाई दिन्छन पैसा ?
ठेला व्यापारीहरुले पैसा उठाएर दिनेश भनिने अर्को व्यापारीलाई दिने र उन्कै माध्यमवाट पैसा समबन्धित ठाउँमा पुग्ने गरेको पाईएको छ ।
यता दिनेशले उक्त पैसा संकलन गरेको स्विकार गरेका छन । वजारको ठेक्का पाएका विजय महतोको निर्देशनमा उक्त पैसा अशुल गरेको उन्ले वताए ।
मैले पैसा संकलन गरेको नै हौ । तर त्यो पैसा विजय महतोलाई दिने गरेको छु ।´ उन्ले भने ।यति भएपछि याँहा नै राखेर निर्वाधरुपमा व्यापार गर्न पाईन्छ ।´
ठेलाको लागि औरही सडक खण्डमा ठाउँ निर्धारण गरेतापनी त्याँहा व्यापार नहुने गरेको उनिहरुको भनाई छ । मुख्य राजमार्गको छेउछाउमा भनेजस्तो व्यापार हुने भएकाले उक्त पैसा दिन वाध्य भएको आधा दर्जन ठेला व्यापारीहरुको हामिलाई अडियो रेकर्ड समेत प्राप्त भएको छ ।
बजारको ठेक्का पाएका विजय महतोले पनि पैसा आफुलाई ठेलागाँडावालाहरुले मनखुसीले दिएको र उक्त पैसा लिएको स्विकार गरेका छन । मलाई माछामासु खानु भनेर उनिहरुले नै दिएका हुन । मैले मागेको हैन ।´ उन्ले भने ।यसमा नगरपालिकाका कर्मचारीहरुको कुनै हात छैन ।´
तर सडक पेटीमा अनाधिकृतरुपमा ठेला तथा अन्य पशलहरु राखेर सडक अस्तव्यस्त वनाउनेहरुलाई हटाउने जिम्मेवारी लिएका उनिहरुले ठेलागाँडाहरुलाई किन हटाएनन भन्ने गम्भीर प्रश्न वनेको छ ।
विजय महतोको माध्यमवाट सवै विषय बाहिर आउन सक्छ ।´ स्थानिय व्यवसायी गुन्ज कार्कीले भने ।जिम्मेवारी लिएर हरेक क्षेत्रलाई गरिखाने भाडो वनाउने जोकोहीलाई कडा कारवाही गर्नुपर्छ ।´
कर तिरेर व्यापार गर्ने व्यापारीहरुको मर्म विपरित गरिएको कार्य दु:खद छ : उधोग बाणिज्य संघ
कर तिरेर औपचारिकरुपमा व्यापार गर्नेहरुको मर्म विपरित सडकपेटीलाई निजि सम्पत्ती वनाएका जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने उधोग बाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले वताए ।
नगरपालिकाको संरक्षण देखिनेगरी ठेलागाँडा व्यापारीहरुसगँ पैसा असुल्नु दु:खद भएको वताउदै खडका दुर्घटनाको कारक एकातिर वन्ने र अर्कोतिर स्थानिय व्यापारीहरु उपेक्षामा परेको वताउछन ।
`विजय महतो भन्ने व्यक्तिले कस्को निर्देशनमा ठेलागाँडा त्याँहा राख्न दिए भन्ने बिषय महत्त्वपूर्ण हो ।´ अध्यक्ष खडकाले भने । ´यदि उनी आफैले त्यो वातावरण सिर्जना गरेका हुन भने कुन कानुनमा आधारित भएर गरेका हुन त ?´
ठेला गाँडामा राखिएका पशलहरुको कारण अस्तव्यस्त वनिरहेको सडकको विषयलाई लिएर पत्रकारहरुले केहीदिन अगाडि जिल्ला ट्राफिक कार्यालयमा समेत सामुहिक ध्यानाकर्षण जनाएका थिए ।
नगर प्रवक्ता विजय महतोले भने यस्को विषयमा छानविन गर्ने वताएका छन । वजार व्यवस्थापन समितीमा छलफल गरेर वुझ्नेछु ।´ प्रवक्ता महतोले भने ।मलाई पनि थाहा थिएन यस्लाई गम्भिररुपमा लिएका छौ ।´













भक्तपुरमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
रास्वपाकाे समानुपातिक सूचीमा कलाकारदेखि क्रिकेटरसम्म (सूची)
राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
चितवनमा थपिए ३४ मतदान केन्द्र
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया