भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट
मेरोन्यूज
२०८१ असोज ४ गते १६:०६

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएको थियो ।
योसँगै बंगलादेश यस टेस्टको पहिलो इनिंगमा २२७ रनले पछाडी परेको छ । बंगलादेशका लागि सकिब अल हसनले सर्वाधिक ३२ रन बनाएका थिए भने मेहिदी हसन मिराजले २७ तथा लिटन दासले २२ रन बनाएका थिए ।
बंगलादेशलाई अल आउट गर्नेक्रममा भारतीय बलर जसप्रित बुमराहले सर्बाधिक ४ तथा मोहमद सिराज, आकास दीप र रविन्द्र जडेजाले २-२ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको भारतले आफ्नो पहिलो इनिंगमा ३७६ रन बनाएको थियो ।
जसमा भारतीय स्पिन बल आर आश्विनले शतक प्रहार गरेका थिए । आश्विनले ११३ रन बनाए भने रविन्द्र जडेजाले ८६ रन बनाएका थिए ।
सम्बन्धित
















सामान्य प्रशासन र भूमिमन्त्री रावलद्वारा पदभार ग्रहण
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
पदभार ग्रहण गर्दै कानुनमन्त्री सोविता गौतमले के भनिन्?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया