भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट
मेरोन्यूज
२०८१ असोज ४ गते १६:०६

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएको थियो ।
योसँगै बंगलादेश यस टेस्टको पहिलो इनिंगमा २२७ रनले पछाडी परेको छ । बंगलादेशका लागि सकिब अल हसनले सर्वाधिक ३२ रन बनाएका थिए भने मेहिदी हसन मिराजले २७ तथा लिटन दासले २२ रन बनाएका थिए ।
बंगलादेशलाई अल आउट गर्नेक्रममा भारतीय बलर जसप्रित बुमराहले सर्बाधिक ४ तथा मोहमद सिराज, आकास दीप र रविन्द्र जडेजाले २-२ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको भारतले आफ्नो पहिलो इनिंगमा ३७६ रन बनाएको थियो ।
जसमा भारतीय स्पिन बल आर आश्विनले शतक प्रहार गरेका थिए । आश्विनले ११३ रन बनाए भने रविन्द्र जडेजाले ८६ रन बनाएका थिए ।
सम्बन्धित













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया