‘चुनावमा एक्लै लड्ने प्रतिबद्धता लोकतन्त्र र देशका लागि हितकर हुनेछ’

देउखुरी (दाङ) । नेपाल कम्यनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले कांग्रेस-एमालेको वर्तमान राजनीतिक समीकरण लामो जाँदैन भनेर गलत भाष्य पैदा गरेर आतङ्क फैलाउन खोज्नु लोकतन्त्र खोक्रो बनाउने खेल भएको टिप्पणी गरेका छन् ।
प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकको हित र राजनीतिक स्थायित्वका लागि बनेको सरकारको समीकरणविरुद्धको चलखेल मात्रै रहेको टिप्पणी गरे ।
“एमाले-कांग्रेस मिलेपछि अब देश अस्थिरताबाट मुक्त भएको छ, स्थिर सरकारको आवश्यकता ठानेर संसद्का दुई ठूला दल एक ठाउँमा उभिएका हुन्, यो अवस्थामा अब अराजकता चाहनेको केही लाग्दैन, विकल्प खोज्ने हो भने संसद्बाट मात्रै सम्भव छ, थप अरु संसदीय विकल्प खोज्ने भए २०८४ को निर्वाचन छदैछ, आमनिर्वाचनबाट जनताको मत लिएर आफूलाई प्रमाणित गर्ने ठाउँ खुला छ”, उनले भने ।
दुई प्रमुख पार्टीको एक्ला एक्लै चुनाव लड्ने प्रतिबद्धता लोकतन्त्र र देशका लागि हितकर हुने उनको भनाइ छ । देशको विकास र सुशासनमा साना राजनीतिक दलले अस्थिरता ल्याएको महासचिव पोखरेलको आरोप थियो । अहिले निकै चर्चामा रहेको सहकारी ठगीबारे धारणा राख्दै उनले सहकारी क्षेत्रमा सङ्कट देखिनु वित्तीय सङ्कटको प्रभाव रहेको बताए ।
उनले सहकारीले आफ्नो नियम पालना नगर्दा यसको असर बचतकर्तामा परेको भन्दै नियमन गर्ने काममा सरकारको ध्यान केन्द्रित रहेको बताए । सहकारीको सदस्य नभएको व्यक्तिलाई लगानी गर्न नमिल्ने भए रास्वपाका सभापति रवि लामिछानेको विषयमा गैरकानुनी रुपमा लगानी भई दुरुपयोग भएको पुष्टि भएको उनको भनाइ थियो ।
“विना लगानी शेयर प्राप्त गर्नु अनुचित कार्य हो, सहकारीबाट कम्पनीले ऋण लिने विषय पनि अनुचित प्रभाव हो, जहाँबाट ल्याएको हो त्यो सर्तसहित फिर्ता गर्नुपर्ने हो, तर बेइमानी भयो, यसले बचतकर्ताको लगानी खतरामा प¥यो, कोही जिम्मेवारी र दायित्वबाट अलग हुन मिल्दैन”, उनले भने ।
सहकारी संस्थाको छानबिन समितिको प्रतिवेदनले गरेको सिफारिसअनुसार जो कोही भए पनि कानुनअनुसार कारबाहीको भागिदार हुनुपर्ने उनले बताए। कारबाही सिफारिस भएका व्यक्तिले अहिले ‘क्लिन चिट’ पाएँ भन्नू अनुसन्धानलाई प्रभावित पार्ने खेल भएको उनको भनाइ छ ।

















आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा : अध्यक्ष घिसिङ
लोयल्टी र फेरिल्यान्ड क्वाटरफाइनलमा
President applauds role of Sherpa people in promoting nation’s prestige
खैबर पख्तुनख्वामा घातक विस्फोट
ओलीले सार्वजनिक गरे ४२ बुँदे प्रतिबद्धता पत्र (पूर्णपाठ)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
प्रतिक्रिया