श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी

काठमाडौँ । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके विजयी भएका छन् । ५५ वर्षीय दिसानायके नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख हुन्।
पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् । यस राउण्डमा अनुरा दिसानायकेले ४२.३१ प्रतिशत र उनका प्रतिद्वन्द्वी सजित प्रेमदासाले ३२.७६ प्रतिशत मत प्राप्त गरे । यसै कारण निर्वाचन आयोगले दोस्रो चरणको मतगणना सुरु गरेपछि साँझ अनुरा दिसानायके श्रीलंकाको नवौं राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।
श्रीलंकाको इतिहासमा कुनै पनि उम्मेदवारले चुनाव जित्न आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत नपाएको यो पहिलो पटक हो, जसका कारण दोस्रो चरणको मतगणना गरिएको हो । दिसानायकेले आफूलाई मजदुरको आवाज उठाउने नेताको रूपमा व्याख्या गर्छन् । चुनावी अभियानमा उनले भ्रष्टाचार अन्त्यका लागि कदम चाल्ने कुरा गरेका थिए ।
अनुरा कुमार दिसानायकेले मतदातालाई भ्रष्टाचार विरुद्ध कडा कदम चाल्ने र सुशासन दिने वाचा गरिन् । संकटकालदेखि नै व्यवस्थित परिवर्तनको माग गर्दै आएका मतदाताहरूको मनमा उनको आशाजनक सन्देश गहिरो जरा गाडेको विश्वास गरिन्छ ।
पहिलो चरणको मतगणनामा ४० प्रतिशतभन्दा बढी मत प्राप्त गरेपछि दोस्रो चरणको मतगणनामा उनी विजयी भएका हुन् ।
विपक्षी नेता सजित प्रेमदासा दोस्रो र निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे तेस्रो भए । यसपछि दोस्रो राउण्डमा अनुरा दिसानायके र सजित प्रेमदासाबीच प्रतिस्पर्धा भएको थियो । श्रीलंकाको निर्वाचन कानुन अनुसार कुनै पनि उम्मेदवारलाई जित्नको लागि ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ ।
सन् २०२२ मा देशमा चर्को विरोध भएको थियो, त्यसपछि गोटाबाया राजापाक्षेले राष्ट्रपति पदबाट राजीनामा दिनुपरेको थियो। त्यो बेला देशले ठूलो आर्थिक संकटको सामना गर्नुपरेको थियो । त्यसपछि शनिबार मुलुकमा पहिलोपटक राष्ट्रपति पदका लागि निर्वाचन भएको थियो ।
श्रीलंकामा पहिलो चरणको मतगणनामा कुनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न सकेन भने राष्ट्रपति पदका लागि मतदाताको दोस्रो र तेस्रो छनोटको आधारमा दोस्रो चरणको मत गणना गरिनेछ। श्रीलंकामा सन् १९८२ यता सम्पन्न आठैवटा राष्ट्रपतीय निर्वाचनमा पहिलो चरणको मतगणनामा विजयी भएको छ । देशमा यस वर्षको निर्वाचनलाई इतिहासकै सबैभन्दा नजिकको निर्वाचनका रूपमा व्याख्या गरिएको छ ।
श्रीलंकामा १ करोड ७० लाख मतदाता छन् र देशको निर्वाचन आयोगले यो इतिहासकै सबैभन्दा शान्तिपूर्ण निर्वाचन भएको बताएको छ । यद्यपि, प्रहरीले “सार्वजनिक सुरक्षा” लाई उद्धृत गर्दै शनिबार राति कर्फ्यू घोषणा गर्यो र यसलाई आइतबार स्थानीय समय अनुसार दिउँसो १२ बजेसम्म लम्ब्याएको थियो ।
श्रीलंकामा करिब दुई वर्षअघि आर्थिक अवस्था बिग्रिएपछि ठूलो प्रदर्शन भएको थियो। त्यसपछि शनिबार मुलुकमा पहिलो पटक राष्ट्रपति निर्वाचनको मतदान भएको छ । श्रीलंकामा मतगणना भइरहेका बेला सुरक्षा अधिकारीहरू सडकमा गस्ती गरिरहेका देखिए। यो निर्वाचनलाई सरकारको अर्थतन्त्रको व्यवस्थापनमा जनमत संग्रहका रूपमा हेरिएको छ ।
तथ्यांकअनुसार मुलुकमा करिब ७० प्रतिशत मतदान भएको छ । श्रीलंकाको राष्ट्रपतीय निर्वाचनमा कीर्तिमानी ३८ जना उम्मेदवार चुनावी मैदानमा थिए । जसमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे पनि सामेल थिए । पहिलो चरणको मतगणना सकिएपछि दिसानायकेलाई उनका दुई प्रमुख प्रतिद्वन्द्वी विक्रमासिङ्घे र प्रेमदासका समर्थकबाट बधाई सन्देश आउन थालेका छन् ।

















आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा : अध्यक्ष घिसिङ
लोयल्टी र फेरिल्यान्ड क्वाटरफाइनलमा
President applauds role of Sherpa people in promoting nation’s prestige
खैबर पख्तुनख्वामा घातक विस्फोट
ओलीले सार्वजनिक गरे ४२ बुँदे प्रतिबद्धता पत्र (पूर्णपाठ)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
प्रतिक्रिया