बागमती नदीमा बेपत्ता युवकको १९घण्टापछि शव बरामद

रौतहट । जितिया पर्व मनाउन साथीहरु सँग सोमवार रौतहटको पूर्विभेग बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवकको झण्डै १९ घन्टाको खोजीपछि आज बिहान शव बरामद भएको छ ।
स्थानीयय माधव नारायण नगरपालिका ८ रजावाडा गाँउ छेउ बागमती नदीमा डुबेर बेपत्ता भएका स्थानिय राजेन्द्र सहनीको छोरा बर्ष १८ को श्यामलाल सहनीको शव घटनास्थलबाट डेढ किलोमिटर दक्षिण गढोस्थित बागमती नदीमा संयुक्त टोलीले फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमूख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।
सोमवार विहान साढे ११ बजे बागमती नदीमा नुहाउने क्रममा युवक डुबेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण, ईलाका प्रहरी कार्यालय रजवडा र स्थानीय बासिन्दाहरु सहितको टोलीले मृतकको शब आज बिहान ६ बजे नदीबाट बाहिर निकालेको थियो ।
घटनास्थलको मुचुल्का पश्चात मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर रौतहटमा पठाईएको छ ।















Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया