एमसीसी संसदमा प्रवेश नगराउन २३ दलको आग्रह

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को अनुदान सम्झौता संसदमा प्रवेश नगराउन २३ दलले आग्रह गरेका छन् ।
मोहन विक्रम सिंह नेतृत्वको नकेपा (मसाल) मोहन वैद्य नेतृत्वको नकेपा क्रान्तिकारी माओवादी लगायतका २३ दलले संयुक्त वक्तब्य निकालेर त्यस्तो आग्रह गरेका हुन् ।
प्रधानमन्त्री केपी ओलीले सरकारले संसदमा अनुमोदनका लागि दर्ता गराएको प्रस्ताव सभामुखले निर्णायार्थ प्रस्तुत नगरेको भनी असन्तुष्टि जनाईरहेका वेला २३ दलले भने संसदमा प्रवेश नै नगराउन आग्रह गरेका हुन् । देशमा संकटको स्थिती पैदा भएको मौका छोपी राष्ट्रघाती एम.सी.सी.सम्झौता संसदबाट पारित गराउन केही तत्वहरु पुनः सकृय भएको भन्दै २३ दलले सम्झौता नै खारेज गर्नुपर्ने आफुहरुको माग रहेको वताएका हुन् ।
ऊर्जा पूर्वाधार तथा सडक स्तरोन्नतिका लागि अमेरिकाले ५० करोड अर्थात् करिब ५७ अर्ब रुपैयाँ र नेपालको १३ करोड डलर अर्थात् १५ अर्ब ९६ करोड रुपैयाँ राखेर ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी कम्प्याक्ट नामक सहयोगमा २०७४ भदौ २९ गते एम्सीसी परियोजनामा नेपाल र अमेरिकाका वीचमा सम्झौता भएको थियो ।
सम्झौता अनुसार यसलाई संसदवाट अनुमोदन गराउन पर्ने पूर्व शर्त अमेरिकी पक्षले राखेपछि सत्तारुढ दलभित्र चर्किएको विवादले यो अनुदान सम्झौता सदनवाट पारित हुन सकेको छैन । सरकारले २०७५ असार ३० मा सदनवाट अनुमोदनका लागि प्रस्ताव दर्ता गराएको थियो ।
संसदमा जर्वजस्ती अनुामेदनका लागि लगिए आफुहरु सडक संर्घषमा उत्रने पनि उनीहरुले चेतावनी दिएका छन् ।
यसरी कार्यगत एकता गरी वक्तब्य दिनेहरुमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) , नेकपा (माले) , राष्ट्रिय जनमोर्चा, नेपाल , देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र) लगायतका दल छन् ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया