‘जलवायु अनुकूलन अबको जीवन पद्धति’

महोत्तरी । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु अनुकूलनको विषय अब जीवन पद्धतिसँग जोडिएको बताएका छन् ।
संसार नै जलवायु परिवर्तनको असरले प्रभावित भइरहेका बेला अब चराचर प्राणीजगत्को जीवनका लागि जलवायु अनुकूलनतिर अग्रसर हुन अपरिहार्य बनेको उनले उल्लेख गरे । सिंहले बर्दिबासमा विभिन्न १४ वटा सामाजिक सङ्घसंस्थाले आज आयोजना गरेको ‘स्थानीय नेतृत्वमा आधारित जलवायु अनुकूलन’ छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गरे ।
जलवायु परिवर्तनका नकारात्मक असर घटाउँदै लान यो परिस्थितिभित्रबाटै सकारात्मक पहलकदमी आवश्यक रहेको उनको भनाइ छ । विषादीरहित प्राङ्गारिक खेतीपाती, सन्तुलित आहारविहार, प्रकृति संरक्षण र वातावरणीय सन्तुलनका लागि सघन वृक्षारोपणजस्ता विषय जलवायु अनुकूलनसँग जोडिएका हुँदा यसको अनुसरण अनिवार्य बनेको मुख्यमन्त्री सिंहले स्पष्ट पारे ।
जलवायु अनुकूलन सचेतना मधेसका बस्तीबस्तीमा पुर्याउन स्थानीय तह र सामाजिक सङ्घसंस्थाको नेतृत्वदायी भूमिका हुनपर्ने सिंहको भनाइ छ । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा एक करोड नयाँ बिरुवा रोपिने अभियान थालेको बताए। अब गरिने वृक्षरोपण माटो जाँच र रोपिने बिरुवाको वातावरणीय विशेषता निर्क्यौल गरेर मात्र रोप्नुपर्ने उनको भनाइ छ ।
सम्मेलनमा जलवायु अनुकूलनसँग जोडिएका गरिबी र असमानतालाई सम्बोधन गर्न अनुकूलन क्रियाकलापको प्रभावकारिता, अनुकूलन क्रियाकलापलाई बढावा दिन नीतिगत वातावरण निर्माण र स्थानीय अनुकूलन क्रियाकलापको विश्वव्यापी लक्ष्यबारे घनिभूत छलफल गरिएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले जानकारी दिए ।
सम्मेलनबाट जलवायु अनुकूलनसम्बन्धी विषयवस्तुबारे थप जानकारी प्राप्त गरेको बर्दिबास नगरपालिकाका उपप्रमुख तारादेवी महतोले बताए । सम्मेलनमा जलवायु अनुकूलन खेती अँगाल्दै आएका कोशी र बागमती प्रदेशका किसान समूह पनि सहभागी छन् ।













ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
PM extends greetings of Tamu Lhosar, Maipru Naku
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया