जनमत पार्टीले केन्द्रीय सदस्यसहित ९ जनासँग माग्यो स्पष्टीकरण
मेरोन्यूज
२०८१ असोज ८ गते १७:२६

काठमाडौं । जनमत पार्टीले चार केन्द्रीय सदस्यसहित नौजनासँग स्पष्टीकरण मागेको छ ।
असोज ५ गते जिल्ला समन्वय समिति महोत्तरीको हलमा आयोजित कार्यक्रममा होहल्ला, गुटबन्दी गरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।
स्पष्टीकरण सोधिएकामा केन्द्रीय कार्यकारिणी सदस्य सञ्जयकुमार यादव, केन्द्रीय सदस्यहरू दिपेन्द्र मधेशी, कोमल यादव, इन्द्रप्रसाद सिंह, सुरेश ठाकुर छन् ।
पार्टीको जलेश्वर नगरपालिका सचिव संजीत यादव, साधारण सदस्यहरू सन्तोषकुमार यादव, सिंहेश्वर मण्डल र रामजीवन साहलाई पनि स्पष्टीकरण सोधिएको छ ।
उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी किन कारबाही हुनु नपर्ने हो भन्नेबारे ७ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।
सम्बन्धित












अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची
रवि, बालेन र कुलमानबीच के के सहमति भए ?
गुरुङ समुदायमा आज तमु ल्होसार पर्व मनाइँदै
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
प्रतिक्रिया