बारामा मोटरसाइकल दुर्घटना, सिआईबीका दुई कर्मचारीको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख २ गते १२:३४

बारा । राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटौँडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।
मृत्यु हुनेमा विभागका सूचक (हबल्दार) पदमा कार्यरत अन्दाजी ३८ वर्षीय शशिकान्त झा र सहायक सूचक (सिपाही) पदमा कार्यरत अन्दाजी ३० वर्षीय सानुकाजी चित्रकार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पिप्लेको बालगङ्गा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा दुवैको मृत्यु भएको हो । पथलैयाबाट निजगढतर्फ ना २७प ६३६ नंको मोटरसाइकलबाट जाने क्रममा बालगङ्गामा सो दुर्घटना भएको बताइएको छ ।
सूचक झाको घटनास्थलमा मृत्यु भएको छ भने सहायक सूचक चित्रकारको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया