बागलुङमा सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण

गलकोट (बागलुङ) । बागलुङमा साउनयता सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । यो तथ्याङ्क जिल्लाको सरकारी अस्पताल तथा निजी प्रयोगशालामा गरिएको डेङ्गु परीक्षणको हो ।
बागलुङको धौलागिरि अस्पतालमा छ जना डेङ्गुका जटिल बिरामी उपचाररत छन् भने केही बिरामीहरु घरमै आराम गरिरहका छन् । स्वास्थ्य कार्यालय बागलुङमा परीक्षण गरिएकामा तीन सय ३८ जना र निजी प्रयोगशालामा गरिएको परीक्षणमा चार सय ६० जनामा डेङ्गु सङ्क्रमण देखिएको हो ।
डेङ्गी सङ्क्रमण पछिल्लो हप्तामात्रै दोब्बरले वृद्धि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताउनुभयो । डेङ्गीका सबैभन्दा बढी बिरामी धौलागिरि अस्पतालमा देखिएका छन् ।
अस्पतालमा अहिले ज्वरोका बिरामीले शय्या भरिएको छ । धौलागिरि अस्पतालको प्रयोगशालामा मात्रै दुई सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
यस्तै गलकोट नगर अस्पतालमा ७६ जना, बुर्तिवाङ स्वास्थ्यचौकीमा २८ जना र कुश्मिसेरा प्राथमिक स्वास्थ्य चौकीमा दुई जनामा डेङ्गु पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्याले जानकारी दिए।
जिल्ला सदरमुकाम बागलुङ बजारको सपना प्रयोशालामा एक सय, केसी प्रयोशालामा एक सय केयर डाइनेष्टिक प्रालिमा ७७, बागलुङ प्रयोगशालामा ५६, न्यूरो केयर क्ल्निकमा ५०, झरना मेडिकल प्रयोगशामा ३५, गोल्डेनगेट प्रयोशालामा २५, धौलागिरि प्रयोशालामा १० र सफल पोलिक्ल्निक प्रालिमा सात जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।
















युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि बिहीबार न्यूयोर्कस्थित अदालतमा पेश
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः सभापति थापा
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया