फिल्म ‘बेहुली फ्रम मेघौली’ ले बेहुली हुँदाको अनुभवको कथा लेखे पुरस्कार दिने

काठमाडौँ । असोज १७ गते घटस्थापनाबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’का निर्माताले फिल्मको प्रचार गर्न प्रतियोगिताको घोषणा गरेका छन् ।
फिल्मको थिमअनुसार बेहुली हुँदाको अनुभव लेखेर पठाउँदा आकर्षक पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ ।
फिल्मकी प्रमुख अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्काले बेहुली हुँदाको अनुभव रोचक शैलीमा लेखेर पठाउनेमध्ये उत्कृष्ट लेखकलाई प्रिमियरमा निमन्त्रणा, दुईवटा टिकट र आकर्षक पुरस्कार प्रदान गरिने जानकारी गराएकी छन् । उनका अनुसार असोज १० गतेदेखि कथा पठाउन सकिनेछ ।
फिल्ममा स्वस्तिमासहित निश्चल बस्नेत, बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, सिरु बिष्ट, आमिर गौतम, रक्षा थापा लगायतको पनि अभिनय छ ।
यसमा सजन काफ्ले र आकाश बरालको संयुक्त लेखन तथा निर्देशन छ । स्वस्तिमा र निश्चल दम्पतीको निर्माणमा बनेको फिल्मको कार्यकारी निर्माताहरुमा फिरोज खड्का र शंकर पाण्डे छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको नृत्य निर्देशन, जयन जे वाइवा र कुशल पोखरेलको संगीत तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
















महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित
तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एकजनाकाे मृत्यु
सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह
मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
प्रतिक्रिया