चन्द्रपुरमा अबैध सालको काठ बरामद
मेरोन्यूज
२०८१ असोज ९ गते १७:११

रौतहट । पुर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर स्थित प्रहरीले अबैध सालको काठ बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट सई जोगेन्द्र चौधरीको कमाण्डमा गएको गस्ती टोलीले चन्द्रपुर ४ जंगल टोल स्थित अबैध रुपमा जंगलबाट चोरी निकासी गरी ४ वटा साईकलमा १२ वटा सालको फल्ली ल्याउदै गरेको अवस्थामा बरामद गरेको हो ।
प्रहरीको गाडि मोबाईल टोलिलाई देखी साईकल र काठ छाडी मानिसहरु फरार भएको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताएका छन्।
बरामद २० क्युफिट भन्दा बढी काठ र साईकल नियन्त्रणमा मानिसहरु खोजी तथा थप बुझ्ने कार्य भईरहेको र काठ ,साईकल आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाईएको प्रहरीले जनाएको छ ।
सम्बन्धित












अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची
रवि, बालेन र कुलमानबीच के के सहमति भए ?
गुरुङ समुदायमा आज तमु ल्होसार पर्व मनाइँदै
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
प्रतिक्रिया