भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा
मेरोन्यूज
२०८१ असोज ९ गते २०:३४

काठमाडाैं । निर्णायक खेलमा आयोजक भुटानलाई २–१ ले हराउँदै नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालको कमब्याक जितमा कृष्णबहादुर आले र सुजल डंगोलले गोल गरेका थिए।
समूह ‘बी’ मा नेपालले तीन खेलबाट ६ अंक बटुल्यो । तीन खेलबाट चार अंक बटुलेको भुटान भने बाहिरिएको छ । समूहबाट ७ अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गर्याे । नेपाल उपविजेता बनेको छ । अब, फाइनल प्रवेश गर्न नेपाल समूह ‘ए’ को विजेता भारतको सामना गर्दा पाकिस्तानले बंगलादेशसँग खेल्नेछ ।
यसअघि नेपाल समूहको पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित हुँदा दोस्रो खेलमा श्रीलंकालाई ४–० ले हराएको थियो । श्रीलंकाविरुद्ध सुजनलले ह्याट्रिक गरेका थिए ।
सेमिफाइनल २८ सेप्टेम्बरमा हुँदा फाइनल ३० सेप्टेम्बरमा हुनेछ ।
सम्बन्धित













आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
आजकाे माैसम : तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना
नयाँ वर्ष सन् २०२६ सुरु
आजका लागि विदेशी मुद्राको विनिमयदर
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया