विभिन्न खेलका प्रशिक्षकहरुसँग सदस्य सचिवको छलफल
मेरोन्यूज
२०८१ असोज ११ गते १५:११

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विभिन्न खेलका मुख्य प्रशिक्षकसँग प्रशिक्षण, भावी योजना, समस्या लगायतका विषयमा चासो राख्दै छलफल गरेका छन् ।
सो अवसरमा सदस्य–सचिव घिसिङले मुख्य प्रशिक्षकलाई आफ्नो क्षमता सही ठाउँमा सदुपयोग गर्नुपर्ने सुझाउँदै, प्रशिक्षकहरूले आवश्यकता अनुसार समय–समयमा रिफ्रेसर कोर्स गर्नुपर्नेमा जोड दिए। सदस्य–सचिव टंकलाल घिसिङले विगतको प्रशिक्षण शैलीले मात्र सोचे जस्तो उपलब्धि हासिल गर्न नसकिने बताउँदै, वैज्ञानिक प्रशिक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
उनले वैज्ञानिक प्रशिक्षणका लागि फिटनेस सेन्टर निर्माण र त्यसका लागि आवश्यक सामग्री खरिद प्रक्रियालाई अघि बढाइएको जानकारी गराए ।
सम्बन्धित
















भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि बिहीबार न्यूयोर्कस्थित अदालतमा पेश
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः सभापति थापा
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँः सांसद थकाली
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रतिक्रिया