मंगलबार, फागुन ५, २०८२

‘समृद्धिको आधार पर्यटन र पूर्वाधार’

मेरोन्यूज २०८१ असोज ११ गते १९:२०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश समृद्धिको महत्वपूर्ण आधार पर्यटन र पूर्वाधार हुने बताएका छन् । पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘पर्यटन वर्ष २०८२ घोषणासभा’ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको सीमासँग जोडिएका दुई ठूला देश भारत र चीनका पर्यटक नेपाल भित्र्याउन सके राष्ट्रिय पुँजीको निर्माण हुने उल्लेख गर्दै विसं २०८२ लाई प्रदेश सरकारले पर्यटन वर्षका रूपमा घोषणा गरेको जानकारी दिए।

उनले नेपालको कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको उल्लेखनीय योगदान रहेकाले सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। “सिङ्गो नेपालले पर्यटनमा प्रचुरम्भावना बोकेको छ । कोशी प्रदेशमा त विश्वकै सर्वोच्च शिखर सगरमाथा जस्तै अन्य हिमाल, पहाड र तराईको सम्मिश्रण रहेको छ । यो प्रदेश धार्मिक, भौगौलिक, सांस्कृतिक र सम्पदाका हिसाबले पनि महत्वपूर्ण भएकाले सरकारले यसलाई अवसरको रूपमा लिएर काम गरिरहेको छ । यसमा निजी क्षेत्रको साथ र सहयोगको अपेक्षा छ”, मुख्यमन्त्री कार्कीले भने ।

भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले प्राकृतिक सौन्दर्य, धामिकस्थल, भौगोलिक एवं सांस्कृतिक विविधता रहेको उल्लेख गर्दै यसैकारढा पर्यटनसँगै पूर्वाधार विकासमा सरकारले जोड दिइरहेको धारणा राखे।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी, सामाजिक विकासमन्त्री पाँचकर्ण राईसहित विभिन्न मन्त्रालयका सचिव, नेपाल उद्योग वाणिज्य सङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतलगायतले पर्यटन वर्ष २०८२ लाई सफल बनाउन निजी क्षेत्र र सरकार हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया