कालो बजारी नियन्त्रण गर्न एमालेको माग

काठमाडौँ । नेकपा (एमाले)ले चाडपर्वमा हुनसक्ने कालो बजारी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । एमालेको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण पत्र बुझाउँदै चाडवाड नजिकैसँगै कालो बजारी र महँगी बढ्ने भएकाले नियन्त्रण गर्न माग गरेका हुन् ।
विभागका प्रमुख खिमलाल भट्टराईको नेतृत्वमा गएको टोलीले चाडवाडमा हुनसक्ने कालोबजारी र महँगी नियन्त्रणको लागि तत्काल अनुगमन सयन्त्रलाई परिचालन गर्नुपर्नेमा माग राखेको छ । यस्तै गुणस्तरीय र सुपथ मूल्य पसलहरु देशभरि सञ्चालन गर्नुपर्ने, चामल, दाल, तेल, चिनी, तरकारी, फलफूल र मासुजन्य वस्तुहरु सर्वसुलभ र सुपथ मूल्यमा पाउने वातावरण बनाउन माग गरिएको छ ।
चाडपर्व नजिक आइरहेकाले तत्काल सडकको मर्मत र खाल्डाखुल्डी पुर्नुपर्ने, चाडपर्वमा आवतजावतका लागि यातायातको साधन अभाव हुन नदिन वैकल्पिक व्यवस्था गर्न, सुरक्षा प्रबन्धका निम्ति ठाउँठाउँमा प्रहरी र यातायातको सहज व्यवस्थापनका लागि पनि माग गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले चाडपर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिइसकेका बताएका नेता भट्टराईले जानकारी दिए।
















कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्छ : गगन थापा
भारतमा सर्वाधिक बिक्री हुने सुजुकी एक्सेस १२५ सीसी स्कुटर अब नेपालमा
युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु
समपूरक र विशेष अनुदान लिन ३ हजार ५ सय आयोजना प्रस्ताव
मकवानपुरमा भिरबाट लडेर एक बालिकाको मृत्यु
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
प्रतिक्रिया