अर्जेन्टिनाका गोलकिपर मार्टिनजलाई दुई खेलको प्रतिबन्ध
मेरोन्यूज
२०८१ असोज १२ गते १९:३७

काठमाडौँ । अर्जेन्टिनाका गोलकिपर इमालियानो मार्टिनेजलाई दुई खेलको प्रतिबन्ध लागेको छ । फिफाले मार्टिनेजलाई दुई खेलमा प्रतिबन्ध लगाएको हो ।
विश्वकप छनौट चरणको खेलका क्रममा अर्जेन्टिना कोलम्बियासँग पराजित भएको खेलमा मार्टिनेजले क्यामरा अपरेटरसँग गरेको दुर्व्यबहारका कारण दुई खेलको प्रतिबन्ध लगाइएको बताइएको छ ।
योसँगै मार्टिनेजले अर्जेन्टिनाका विश्वकप छनौटका अक्टोबर १० मा हुने भेनेजुएला र अक्टोबर १६ मा हुने बोलिभियाविरुद्धको खेल गुमाउने भएका छन् ।
अर्जेन्टिनाको फुटबल फेडेरेसनले फिफाको अनुशासन समितिले लगाएको प्रतिबन्धप्रति असन्तुष्ट रहेको जनाएको छ ।
अब मार्टिनेज आगामी नोभेम्बरमा अर्जेन्टिनाले खेल्ने पराग्वे र पेरुविरुद्धको खेलमा मात्र टिममा फर्किने छन् ।
सम्बन्धित
















एसइईको तयारी पूरा : जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण
पूजापाठ गरेर बालुवाटार सरे बालेन
स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ: स्वास्थ्यमन्त्री मेहता
काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया