न्यूक्यासलसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी
मेरोन्यूज
२०८१ असोज १२ गते २०:२७

काठमाडौँ । म्यानचेस्ट सिटी न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ ।
शनिबार सम्पन्न इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर सिटी न्यूक्यासलसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
यस खेलमा म्यानचेस्टर सिटीका लागि खेलको ३५औँ मिनेटमा जोस्को ग्भारडिओलले गोल गरेका थिए । त्यस्तै न्यूक्यासलका लागि खेलको ५८औं मिनेटमा पाएको पेनाल्टीमार्फत एन्थोनी गोर्डनले गोल गरेका थिए ।
यस सिजनमा अपराजित रहेको म्यानचेस्टर सिटीको यो दोस्रो बराबरी हो । यो खेलपछि म्यानचेस्टर सिटीको ६ खेलमा १४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी न्यूक्यसल युनाइटेडको पनि यो यस सिजनको दोस्रो बराबरी हो । यो खेलपछि न्यूक्यसलको ६ खेलमा ११ अंक भएको छ र लिगमा पाँचौं स्थानमा छ ।
सम्बन्धित
















Senior-most member KC administers oath to newly elected HoR members
सुडानमा भएको ड्रोन आक्रमणमा २८ जनाको मृत्यु
प्रविधिमैत्री नेपाल बैङ्क : अधिकांश सेवा पाँच मिनेटभित्रै
प्रतिपक्षमा रहेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौँः अध्यक्ष राई
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया