जन समर्थन बहुउद्देश्याीय सहकारी संस्थाको ८औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । जन समर्थन बहुउद्देश्याीय सहकारी संस्था लि को ८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष नारायण प्रसाद खतीवडाको अध्यक्षतामा काठमाडौंको तारकेश्वर मल्टिभेनुमा शनिबार साधारणसभा सम्पन्न भएको हो। ७ औँ वसन्त पार गरि ८ औँ वर्षमा प्रवेश गरेको हुदाँ संस्थाले ८ औँ साधारण सभा मनाएको हो ।
संस्थाका अध्यक्ष खतीवडाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समाजको आर्थिक, सामाजिक र साँस्कृतिक विकासका लागि सहकारी संस्था सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
संस्थाका सचिव कपिल आचार्यले सहकारी भनेको एउटा घर हो र घर राम्रो बनाउनको लागि सञ्चालक समिति, सेयरधनी ,असलऋणी, असल बचतकर्ता सबै परिवार सदस्य मिलेर सुन्दर बन्ने बताएका छन् ।
सचिव आचार्यले सहकारी मुल्य मान्यता र सहकारीका एन नियम, सहाकरी संचालन नितिलाई सधै आत्म साथ गर्दे आएको यस संस्थाको समितिका सदस्यहरको सक्रियता र निरन्तरताका कारण सफल भएको बताए ।
कार्यक्रमा तारकेश्वर नगर चेम्बर अफ कमर्शका अध्यक्ष रामप्रसाद महर्जन, रास्ट्रिय सहकारी हकहित समाजका अध्यक्ष गोविन्द गिरी, शिल्प ब्यवसायी संघका महासचिव केशव सुनुवार, करुणा सहकारी संस्थाको अध्यक्ष बिष्णुमाया तामाङ सञ्चालक समिति सदस्य तथा साधारण सदस्य लगायतको उपस्थिती रहेको थियो ।

















निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया