कांग्रेस सांसदका १५ दिनको तलब बाढीपहिरोपीडितलाई दिने निर्णय

काठमाडौं । नेपाली कांग्रेसका सांसहरूको १५ दिनको तलब रकम बाढीपहिरोपीडितलाई दिने निर्णय गरिएको छ । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकबाट यस्तो निर्णय गरिएको हो ।
आइतबारै बिहान बसेको कार्यसम्पादन समिति बैठकले पार्टी कोषबाट ५० लाख रुपैयाँ पीडितको राहतका निम्ति दिने निर्णय गरेको थियो । संसदीय दलका तर्फबाट गरिएको निर्णयसँगै कांग्रेसले पीडितको राहतका निम्ति थप ३० लाख बढी रकम सहयोग गर्ने निर्णय गरेको हो ।
संसदीय दलको बैठकबाट राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैतर्फका सांसदहरूका १५ दिनको तलब पीडितको राहतका निम्ति दिने निर्णय गरिएको छ । कांग्रेसका राष्ट्रियसभामा १७ र प्रतिनिधिसभामा ८७ सांसद छन् । यी दुवैतर्फका ११४ सांसदका आधा महिनाको तलब पौने ३७ लाख रुपैयाँ हुन्छ ।
कांग्रेसले सरकारलाई उद्धार र राहतमा लाग्न पनि आग्रह गरेको छ । कांग्रेसले संघीय संसद्का सबै सांसदहरूलाई विपद्को घडीमा सहयोग गर्न समेत आह्वान गरेको छ ।












बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुले गरे ‘उम्मेदवारी घोषणा’
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपातको सम्भावना
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
प्रतिक्रिया