९४ लाखभन्दा बढीको सामान र दुईवटा गाडी नियन्त्रणमा

काठमाडौं । रुपन्देही र पश्चिम नवलपरासीबाट ९४ लाखभन्दा बढीको भन्सार छलीको सामान, ट्रक र पिकअप गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका–३ बेतहानी ईलाकाबाट असोज १३ गते बेलुका २४ लाख ८९ हजार १ सय रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, जुत्ता, मोबाईलको पार्टस् र उक्त सामान ल्याउन प्रयोग भएको करीब ७ लाख बराबरको एउटा गाडी नियन्त्रणमा लिइएको छ ।
अवैध रुपले लु १ च ६३२४ नम्बरको फोर्स पिकअप गाडीमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको भन्ने विशेष सुचनाको आधारमा सामानसहितको गाडी नियन्त्रणमा लिइएको हो ।
बरामद सामान र गाडी आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको । यसैगरी पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–२ चिसापानीबाट असोज १३ गते बेलुका करीब ३२ लाख १३ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामानसहितको एउटा ट्रक नियन्त्रणमा लिइएको छ ।
भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख १४७६ नम्बरको ट्रकमा राखेर अवैध रुपले ल्याउँदै गरेको ६ सय बोरा चिनी, मोबाईल कभर, टेम्पर ग्लास तथा विभिन्न किसिमको भाडावर्तनसहितको करीब ३० लाख मूल्य बराबरको ट्रक नियन्त्रणमा लिइएको हो । चिनीको विल बनाएर अवैध रुपमा ल्याइएको मोवाइलको टेम्पर ग्लास १५ हजार २ सय २० वटा, विभिन्न किसिमका मोबाईलका कभर ९ सय ५० वटा, काँसको आरती दानी २ सय ६१ थान र सुराही १३ थान सामान बरामद भएको हो ।
नियन्त्रणमा लिइएको ट्रक र सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाइएको छ ।
















आचारसंहिताविपरीत टाँसिएका बीस हजार प्रचार सामग्री हटाइयो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया