भक्तपुर अस्पतालमा विपदमा आएका घाइते विरामीको निःशुल्क उपचार गर्न प्रदेश मन्त्री थापाको निर्देशन

काठमाडौं । वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर अस्पतालमा बाढी, पहिरोलगायतका विपदमा आएका घाइते विरामीको निःशुल्क उपचार गर्न निर्देशन दिएका छन् ।
आज भक्तपुर अस्पतालको स्थलगत निरिक्षण गर्दै प्रदेश मन्त्री थापाले विपदमा आएका घाइते विरामीको निःशुल्क उपचार गर्न निर्देशन दिएका हुन् ।
प्रदेश मन्त्री थापाले भने, “यतिखेर देशभर विपद परेको छ, विपदमा जनतालाई सरकार भएको अनुभूति दिलाउनु पर्छ, त्यैले बाढी, पहिरोको विपदमा परेर आएका विरामीको निःशुल्क उपचारको व्यबस्था गर्नु, बजेट अभाव भए प्रदेश सरकारले बजेटको व्यबस्थापन गर्छ, उपचारमा कुनै कमि नगर्नुस् ।” उनले अपुग बजेट प्रदेश सरकारले व्यबस्थापन गर्ने बताउदै उपचारका लागि आवश्यक इक्युमेन्ट, प्राबिधिक सामग्री, औषधि एवं औषधिजन्य सामग्रीलगायतका अत्यावश्यकीय सामानहरु प्रदेश सरकारले व्यबस्था गर्ने बताएका छन् ।
अस्पतालले आकस्मिक कक्ष, आइस्एसियू, सिसियू, शल्यक्रिया कक्षलाई तयारी अबस्थामा राख्न र कुनै पनि महामारी जन्य रोगको संक्रमणको अबस्था आएमा तत्कालै उपचार गर्न सक्ने गरि तयारी अबस्थामा ब्यबस्थापन गर्न अस्पतालका निर्देशक डा. सुमित्रा गौतमलाई आग्रह गरे ।

निर्देशक डा. गौतमले पाँच शय्याको डायलोसिस कक्ष तयार पारेको बताउदै त्यसका लागि आवश्यक मेशिन उपलब्ध गराईदिन आग्रह गरिन ।
अस्पतालका निर्देशक डा. गौतमले बाढी, पहिरोको घाइतेसंगै कुनै महामारी जन्य संक्रमण फैलिए तत्कालै उपचार गर्न सक्ने गरि जनशक्तिदेखि स्वास्थ्य सेवा प्रवाह गर्ने व्यबस्थालाई तयारी अबस्थामा राखेको जानकारी दिइन् ।
प्रतिक्रिया