भक्तपुर अस्पतालमा विपदमा आएका घाइते विरामीको निःशुल्क उपचार गर्न प्रदेश मन्त्री थापाको निर्देशन

काठमाडौं । वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर अस्पतालमा बाढी, पहिरोलगायतका विपदमा आएका घाइते विरामीको निःशुल्क उपचार गर्न निर्देशन दिएका छन् ।
आज भक्तपुर अस्पतालको स्थलगत निरिक्षण गर्दै प्रदेश मन्त्री थापाले विपदमा आएका घाइते विरामीको निःशुल्क उपचार गर्न निर्देशन दिएका हुन् ।
प्रदेश मन्त्री थापाले भने, “यतिखेर देशभर विपद परेको छ, विपदमा जनतालाई सरकार भएको अनुभूति दिलाउनु पर्छ, त्यैले बाढी, पहिरोको विपदमा परेर आएका विरामीको निःशुल्क उपचारको व्यबस्था गर्नु, बजेट अभाव भए प्रदेश सरकारले बजेटको व्यबस्थापन गर्छ, उपचारमा कुनै कमि नगर्नुस् ।” उनले अपुग बजेट प्रदेश सरकारले व्यबस्थापन गर्ने बताउदै उपचारका लागि आवश्यक इक्युमेन्ट, प्राबिधिक सामग्री, औषधि एवं औषधिजन्य सामग्रीलगायतका अत्यावश्यकीय सामानहरु प्रदेश सरकारले व्यबस्था गर्ने बताएका छन् ।
अस्पतालले आकस्मिक कक्ष, आइस्एसियू, सिसियू, शल्यक्रिया कक्षलाई तयारी अबस्थामा राख्न र कुनै पनि महामारी जन्य रोगको संक्रमणको अबस्था आएमा तत्कालै उपचार गर्न सक्ने गरि तयारी अबस्थामा ब्यबस्थापन गर्न अस्पतालका निर्देशक डा. सुमित्रा गौतमलाई आग्रह गरे ।

निर्देशक डा. गौतमले पाँच शय्याको डायलोसिस कक्ष तयार पारेको बताउदै त्यसका लागि आवश्यक मेशिन उपलब्ध गराईदिन आग्रह गरिन ।
अस्पतालका निर्देशक डा. गौतमले बाढी, पहिरोको घाइतेसंगै कुनै महामारी जन्य संक्रमण फैलिए तत्कालै उपचार गर्न सक्ने गरि जनशक्तिदेखि स्वास्थ्य सेवा प्रवाह गर्ने व्यबस्थालाई तयारी अबस्थामा राखेको जानकारी दिइन् ।

















आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्न सहकार्य
Chitwan and Koshi face severe blood crisis, Red Cross appeals for blood donation
सुनसरीमा सवारी दुर्घटना हँुदा एकको मृत्यु, एक जना घाइते
वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु
सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया