सरकारको राहत कोषमा ५० लाख जम्मा गर्ने एमालेको निर्णय
मेरोन्यूज
२०८१ असोज १५ गते १३:०१

काठमाडौँ । नेकपा (एमाले) ले नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा रु ५० लाख रकम जम्मा गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिकरुपमा रु एक अर्ब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।
एमालेको सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आव्हान गरेका छन् ।
सम्बन्धित
















लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा
पोखरामा भोलिदेखि दोस्रो संस्करणको वाडा अटो शो सुरु हुँदै
वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्छ : गगन थापा
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
प्रतिक्रिया