राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा आफूले गरेको सम्बोधन र त्यसक्रममा भएका दुईपक्षीय भेटवार्ता र कार्यक्रमबारे नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठकलाई अवगत गराएका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा विगतको भन्दा नेपालको उपस्थिति र प्रस्तुति प्रभावकारी रहेको अवगत गराउँदै सो क्रममा विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखसँग भेटवार्ता गरेको बताए। सो दलका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिसहित विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री र अन्य विशिष्ट व्यक्तिसँग भेटघाट भएको तथा कोलम्बिया र हार्वर्ड विश्वविद्यालयका कार्यक्रम अनुभव आदानप्रदानमा महत्वपूर्ण भएका बताए।
प्रधानमन्त्री ओलीले देशको स्वाभिमान र राष्ट्रियता उच्च पार्ने तथा नेपालको उपस्थिति ‘देखिने र सुनिने’ तुल्याउन आफूले संसद्मा गरेको सङ्कल्पबमोजिम काम गरेर स्वदेश फर्किएको बताए।











आजकाे सुन चाँदीकाे मूल्य
ट्रम्प र जेलेन्स्कीबिच वार्ता : ९० प्रतिशत शान्ति योजनामा सहमति
जिल्ला प्रहरी काठमाडौँद्वारा ‘हाम्रो प्रहरी’ अभियान सुरु
रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन
हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया